×

वीरगन्ज १५ साउन राष्ट्रिय जनता पार्टी नेपाल पर्सा जिल्लाको अध्यक्ष मण्डल सयोजक परिवर्तन भएको आज एक प्रेस विज्ञाप्ति मार्फत जनाईएको छ । राष्ट्रिय जनता पार्टी नेपाल पर्साको आज सम्पन्न बैठकले अध्यक्ष् मण्डलका संयोजक पुरुषोत्तम लाल झाको २ महिनाको कार्यकाल समाप्त भएको हुँदा संयोजकमा प्रेमबाबू पटेललाई सर्वसहमतिबाट चयन गरेको छ । आज प्रेस विज्ञप्ति जारी गर्दै बैठकले विभिन्न तहका संगठन सुदृढ एवं विस्तार गर्न, गराउन जिल्ला पदाधिकारीहरुबो बैठक बसाई पदीय दायित्व बमोजिम जिम्मेवारी बाँडफाँड गर्ने र केन्द्रीय पदाधिकारी तथा केन्द्रीय समितिको बैठकमा सहभागी हुनका लागि सबै सदस्यहरुलाई जानकारी गराइएको छ ।

बैठकमा अध्यक्ष् मण्डलका अध्यक्ष प्रेमबाबू पटेल, कृष्ण पटेल, उपाध्यक्ष्Fहरु ईश्वरचन्द्र यादव, शिवशंकर प्रसाद आर्य, मदन यादव, नूर आलम अन्सारी, राजनारायण मिश्रा, मेघराज यादव, सचिवहरु उमेशलाल सहनी, श्रीराम गिरी, शेष समीर, धर्मेन्द्र पटेल, शिवशंकर ठाकुर, विनोद कुशवाहा, सदस्य ओमराज यादव, वकिल हवारीलगायतको उपस्थिति थियो ।

Back to top