×

रन्जन यादव जीतपुर १५ साउन ईलाका प्रहरी कार्यालय जीतपुरले बिशेष सुचनाको आधारमा २४ कार्टुन होर्लिक्स सहित ४ जनालाई पक्राउ गरेको छ । केही समय अगाडि लिपनीमालको परवानीपुर गाउँपालिकामा रहेको युनाईटेड डिष्ट्रीबयुटर नेपाली प्रा.लिबाट २ सय ५० कार्टुन होर्लिक्स चोरी भएको जानकारी ईलाका प्रहरी कार्यालय जितपुरलाई गराईएको थियो । बिरगंजको बन्दना सप्लायर्स रानीघाटबाट त्यही कम्पनीका २०१७ उत्पादन मिती भएको होर्लिक्स बिक्रिबितरण भईरहेको थाहा भएपछि ईलाका प्रहरी कार्यालय जीतपुरका प्रमुख प्रहरी नायब निरिक्षक जय कृष्ण प्रसाद कुर्मीको कमाण्डमा खटेको प्रहरीको टोलीले सो पसलबाट एक कार्टुन होर्लिक्स सहित सञ्चालक बिजय कुमार कुश्वाहालाई नियन्त्रणमा लिइएको थियो । सप्लायर्सका सञ्चालक साहलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गर्दै जाँदा पर्साको बहुवरीमा रहेको अलियास मियाको घरबाट थप २३ कार्टुन होर्लिक्स र १३ कार्टुन खाली डब्बा फेला परेको थियो । चोरीको घटनामा संलग्न रहेको भन्दै ईलाका प्रहरी कार्यालय जीतपुरले बिरगंज माहानगरपालिका १० बहुवरीका बर्ष २७ का कन्हैया गुप्ता र बर्ष २५ का हम्जा अंसारीलाई नियन्त्रणमा लिईएको छ । बरामद हर्लिक्स रचोरीको घटनाहरुमा संलग्नहरुलाई ईलाका प्रहरी कार्यालय सिमराको नियन्त्रणमा राखि आवश्य अनुसन्धान भईरहेको प्रहरी स्रोतले जनाएको छ ।

Back to top