×

वीरगन्ज ११ जेठ । स्वतन्त्र मानव अधिकार समाज केन्द्रीय कायालर्य बिरगन्जले आज नारायणी अस्पतालका आईसोलेसनमा रहेका बिरामी तथा डाक्टर, अहेब र नर्सहरुका लागि पानी उपलव्ध गराएका छन ।

स्वतन्त्र मानव अधिकार समाज केन्द्रीय कायालर्य बिरगन्जले आज नारायणी अस्पतालका मेसु मदन उपाध्यायलाई यहाँ स्थित आईसोलेसनमा रहेका बिरामीहरुका लागि १५ काट्नु पानी र डाक्टर, अहेब, नर्सहरुका लागि ५ काट्नु पानी गरेर जम्मा २० काट्नु पानी उपलव्ध गराएको समाजका सभापति कृष्ण कुमार खनालले बताएका छन ।

नारायणी अस्पतालमा आईसोलेसनमा रहेका बिरामीहरुका लागि पानी उपलव्ध गराउन समाजका सल्लाहकार रामेश्वर प्रसाद गुप्ताले पानीको ब्यवस्था मिलाई सहयोग गरेका थिए भने समाजका माहासचिव दिपक साह कानुले सहजिकरण गरेका थिए ।

Back to top