×

वीरगन्ज १३ साउन आजदेखि पाँच दिनसम्म चन्द्रनिगाहारपुर, हेटौडा, सिमरा, ढल्केबर र परवानीपुर क्षेत्रमा विद्युत कटौती हुनेछ । नियमित मर्मत तथा प्रसारण प्रणालीको क्षमता विस्तार गर्न नेपाल विद्युत प्राधिकरणले काठमाडौंको विभिन्न स्थानमा विद्युत कटौती गर्ने भएको छ । भार प्रेषण केन्द्रकाअनुसार स्यूचाटार सव स्टेशनमा नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले विद्युत कटौती हुन लागेको हो । सो केन्द्रका नायब प्रबन्धक दीपक धितालकाअनुसार बालाजु, स्वयंभू, कलंकीलगायत क्षेत्रमा विद्युत कटौती हुनेछ । नियमित मर्मतसम्भार शनिवारसम्म हुनेछ । प्राधिकरणले वीरगञ्ज औद्योगिक कोरिडोर क्षेत्रमा पनि विद्युत कटौती हुने जनाएको छ । प्रसारण प्रणालीमा सुधार तथा प्रसारण लाइन निर्माणका कारण विद्युत कटौती गर्न लागिएको छ ।

Back to top