×

वीरगंज, १२ साउन विपि स्मृति दिवसको अवसरमा वीरगंजमा बिहीवार नेपाली काङग्रेस नगर कार्य समितिले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । नगरसभा गृहमा आयोजित रक्तदान कार्यक्रममा अहिले सम्म दुइ जना महिला सहित ४७ जनाले रक्तदान गरेका छन । रक्तदान गर्नेहरूमा अन्नु कार्की, चाँदनी ओझा, काङग्रेस नगर सभापति भोला प्रसाद कलवार, विश्वेसर प्रसाद कुर्मी, वीरेन्द्र साह, विश्वास रन्जन द्धिवेदी, कृष्णा पटेल, दिपेश शर्मा, रन्जेश तिवारी, रवि तिवारी, श्याम घिमिरे, राजुदिन हवारी, लाल बाबु गुप्ता, धर्मेन्द्र कुमार मिश्रा, सागर तमांग, अजय ठाकुर लगायतका रहेको रक्त सनचार केन्द्र वीरगंजका प्राविधीक जितेन्द्र कुशवाहाले जानकारी दिनु भयो । काङग्रेस पर्साका सभापति अजय द्धिवेदीको प्रमुख आतिथ्यता एंव नगर सभापति भोला प्रसाद कलवारको अध्यक्षतामा आयोजित कार्यक्रममा काङग्रेस पर्साका सचिव किशोरी साह कानु, क्षेत्रीय सभापति अरविन्द गुप्ता, नेताहरू ध्रूब नेपाल, प्रकाश उपाध्याय, किरण सरकार लगायतको पनि उपस्थिति रहेको थियो ।

Back to top