×

वीरगन्ज , १० साउन नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनका पुर्व केन्द्रिय सदस्य अनिल तिवारी संघीय समाजवादी फोरम नेपालमा प्रवेश गर्नु भएको छ । सेतेपार्टी डटकम अनलाइन, इमेज च्यानेल टेलिभिजन च्यानल र जनकपुर टुडे पत्रिकामा कार्यरत तिवारी आज फोरम नेपालमा प्रवेश गर्नु भएको हो । वीरगन्जको श्रीपुरमा रहेको फोरम नेपाल पर्साको पार्टी कार्यालयमा आज आयोजित कार्यक्रममा पत्रकार तिवारी फोरम नेपालमा प्रवेश गर्नु भएको हो । कार्यक्रममा फोरम नेपालका केन्द्रिय उपाध्यक्ष एंव सांसद लालबाबु राउत गद्धी र जिल्ल अध्यक्ष प्रदीप यादवले पार्टीको सदस्यता प्रदान गर्दै तिवारीलाइ फोरम नेपालमा प्रवेश गराउनु भएको हो । फोरम नेपालमा प्रवेश गरेपछि मन्तव्य दिदै पत्रकार तिवारीले मधेसका मागको लागि एक दशक देखि संघर्षरत फोरम नेपाल नै मधेस र मधेसी जनताका सच्चा पहरेदार रहेको भन्दै मधेसको माग फोरम नेपालबाट नै पुरा हुने भएकाले आफु फोरम नेपालमा प्रवेश गरेको बताउनु भयो । मुलुकमा प्रजातन्त्र बहाली पछिको २८ वर्षको अवधीमा पटक पटक गरि सत्तामा कब्जा जमाउदै आएका काँग्रेस र एमालेले मधेसका सवालमा सधै विभेद गर्दै आएको भन्दै पत्रका तिवारीले अब मधेसको मुक्ति फोरम नेपालबाट मात्रै सम्भव भएको बताउनु भयो । कार्यक्रममा बोल्दै फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले विगत डेढ दशक देखि विभिन्न सन्चारगृहमा कार्यरत पत्रकार तिवारीले एक स्वच्छ र इमान्दार छवि स्थापित गरेको भन्दै उहालाइ पार्टीले सही मुल्यांकन गरेर उचित स्थान दिने बताउनु भयो । कार्यक्रममा फोरम नेपालका केन्द्रिय सदस्य वीरेन्द्र यादव , तराइ मधेस कोषाध्यक्ष विजय सरावगी , सचिव सलाउदीन अहमद , समाजवादी युवा फोरम नेपालका कोषाध्यक्ष अस्लम आलम , नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा , पत्रकार पवन तिवारी , अशोक तिवारी , रितेश त्रिपाठी लगायतको उपस्थिती रहेको थियो ।

Back to top