×

वीरगन्ज ६ साउन गामि चुनावलाइ मध्यनजर गर्दै संघीय समाजवादी फोरम नेपाल पर्साको जिल्ला कार्यसमितीको शुत्रबारसम्मपन्न बैठकले विभिन्न भातृसगंठनका जिल्ला इन्चार्ज मनोनित गरेको छ ।यसैगरि जिल्ला कार्यसमितिको उपाध्यक्षमा सुन्दर कुर्मिलाइ मनोनित गरिको छ ।जिल्ला अध्यक्ष प्रदिप यादवको सभापतित्व तथा केन्द्रिय सदस्यहरुको बिशेष उपस्थितीमा वसेको जिल्ला कार्यसमितीको बैठकले सर्वसहमतीद्धारा नेता सुन्दर कर्मिलाइ जिल्ला उपाध्यक्षमा मनोनित गरेको हो । नेपाल कम्युनिष्ट पार्टि एमाले मधेस बिरोधी भएको र नवप्रवेशिहरुलाइ चन्दालिएर वीरगन्ज महानगपालीकाको मेयरको टिकट दिएको बिरोध गर्दै एमाले पार्टी परित्याग गरि फोरम नेपालमा प्रवेश गरेका कुर्मिलाइ शुक्रबार बसेको जिल्ला कार्यसमितको बैठकद्धार उपाध्यक्षमा मनोनित गरिएको जनाइएको छ ।बैठकमा पार्टिका केन्द्रिय सदस्य मोहनलाल चौधरी ,प्रहलाद गीरी,हरिनारायण रोनियार ,मधेस प्रदेशका कोषाध्यक्ष एवम वीरगन्ज महानगपालीकाका मेयरका उम्मेदवार विजय सरावगी लगायतका नेताहरुको विशेष उपस्थिती सम्मपन्न बैठकद्धारा जिल्लाउपाध्यक्षमा सुन्दर कुर्मिलगायत विभिन्न भातृसगंठनहरु बिस्तार गरिएको जिल्ला अध्यक्ष प्रदिप यादवले बताए । कार्यसमितीले उपाध्यक्ष पदमा आफुलाइ मनोनित गरेकोमा नेता सुन्दर कुर्मिले धन्यवाद व्यक्त गर्दै पार्टीले सुम्पेको जिम्मेवारीलाइ शसक्तरुमा निर्वाह गर्ने बताए । उपाध्यक्ष मंजुर अंसारी ,जिल्ला सचिव नागेन्द्र यादव,सहसचिव बालेश्वरथारु गौरो,प्रवक्त रामनेरेश यादव लगायतका नेताहरुको उपस्थितीमा सम्मपन्न भएको जिल्ला कार्यसमितीको बैठकले पार्टीलाइ आउने चुनावमा सशक्तरुमा परिचाल गर्नको लागी भातृसगंठनाका जिल्ला इन्र्चाजहरु मनोनित गरेको छ । मुस्लीम फोरम नेपालको पर्सा जिल्ला इन्चार्जमा नेकमहमद अंसारीलाइ मनोनित गरेको छ भने समाजवादी विद्यार्थी फोरम नेपालको पर्सा जिल्ला इन्चार्जमा रामनरेश यादवलाइ र युवा फोरम नेपालको पर्सा जिल्ला इन्र्चाजमा बालेश्वर चौधरीलाइ मनोनित गरेको छ ।यसैगरि जिल्ला सदस्यमा राजुदिन बाबु हवारीलाइ मनोनित गरिएको छ भने पार्टीका वीरगन्ज महानगपालीकाको नगर इन्चार्जको जिम्मेवारी सुन्दर कुर्मिलाइ नै सुम्पिएको छ ।

Back to top