×

वीरगंज ५ साउन, ट्राफिक नियम उलंघन गरेको आरोपमा पर्सा प्रहरीका एक हवलदारले इरिक्सा चालकलाई बिच बाटोमै कुटपिट गरेका छन् ।

वीरगंजको घण्टाघर नजिकै ना १ ह ५०८८ नम्बरको ईरिक्सा चालक शेख मोहताब आलमलाई प्रहरी हवलदार शेर बहादुर कोचेले निर्घात कुटपिट गरेका छन् । ट्राफिक नियम उलंघन गरेपछि दण्ड जरिवाना गर्नुको साटो हवलदारले बर्दीको धाक लगाउदै कुटपिट गरेपछि ईरिक्सा व्यवसायी एवं स्थानियबासीहरुले बिरोध प्रदर्शन गर्नुका साथै केहि बेर घण्टाघरमा चक्का जाम समेत गरेका थिए । यो भन्दा पहिले पनि प्रहरी हवलदार कोचेंले विभिन्न समयमा सर्वसाधारणमाथि हातपात गरेको बिरोध प्रदर्शन गरिरहेका एक ईरिक्सा चालकले बताए । ईरिक्सा चालक आलमले प्यासेन्जर बिरामी भएकोले हतारमा चाडै रिक्सा रोकी उतार्न खोज्दा हवलदारले विभिन्न धाक धम्की देखाउदै कुटपिट गरेको बताउनु भयो । बिरोध तथा चक्काजाम गरेपछि घण्टाघरमा रहेको प्रहरी बिटमा दुबै पक्षलाई राखी प्रहरी हवलदारले आइन्दा यस्तो गलती नगर्ने भनि माफी मागेपछि चक्काजाम खुलेको थियो । कुनै पनि सवारी चालले गलती गरेमा वा ट्राफिक नियम उलंघन गरेमा दण्ड जरिवाना गर्नु पर्ने प्रावधान रहे पनि हवलदारले बर्दीको धाक लगाउदै कुटपिट गर्नु गलत रहेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । सो सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक चक्रराज जोशीसंग सम्पर्क गर्दा आफुलाई घटनाको बारेमा केहि जानकारी नभएको र सामान्य बिबाद भएको होला भनि गलती गर्ने प्रहरी हवलदारलाई कारवाहि गर्नुको सट्टा बचाउ गरेका छन् । यसरी कानुनको पालना गर्ने प्रहरीहरुले नै कानुन मिची सर्वसाधारणलाई कुटपिट गर्ने घटना पर्सा जिल्लामा विभिन्न समयमा हुदै आए पनि जिम्मेवार पदाधिकारी एवं निकायले समयमै ध्यान नदिंदा यस्तो घटनाहरु बढदै गएको जनाइएको छ ।

Back to top