×

वीरगंज ५ सावन संघीय समाजवादी फोरम नेपालको उदयपुर घुर्मि वाडनं.२७ को अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ ।फोरम नेपाल पर्साकाको उदपुर घुर्मिबडा समितीका अध्यक्षको सभापतित्व एवम पार्टीका नेता सुन्दर कर्मिको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा पार्टीको सगंठनात्क गातिविधिलाइ सुदृढ गर्दै असोज २ गते हुने वीरगन्ज महानगरपालीकाको चुनावमा पार्टीका मेयरका उमेदवार विजय सरावगी लगायत सबै पदका उम्मेदवारहरुलाइ अत्यधिक मदले बिजय बनाउने घोषणा अधिकांस वक्ताहरुले व्यक्त गरेका थिए ।कार्यक्रममा बोल्दै नेता सुन्दर कुर्मिले एमाले ,नेपाली कांग्रेस तथा नेकपा माओवादीले मधेसको जनताका चाहना विपरित सता र भताको लागी मात्र कार्य गरेकोले स्थानिय चुनावमा फोरम नेपालका उम्मेदवारहरुलाइ अध्यधिक मतले बिजयी बनाउन अनुरोध गर्नुभयो । उहाले एमालेले लगायत तीने दलको केन्द्रिय नेताहरुको सोच मधेसलाइ सोशन गर्ने भएकोले आउने स्थानिय चुनावमा फोरन नेपालका जितानै मधेस आन्दोलनको जित हुने बताउनु भयो ।नेता कुर्मिले पार्टीले वीरगन्ज महानगपालीकामा मेयरपदका उम्मेदवार विजय सरावगी जस्तो समाजसेवी र स्वच्छक्षवीका व्यक्तिलाइ चुनाव लडाइरहेकोले उनलाइ अत्यधिक मतले चुनाव जिताउन आहवान समेत गर्नुभएको थियो कार्यक्रममा बोल्दै संघीय समाजवादी फोरम नेपालका मधेस प्रदेशका कोषाध्यक्ष एवम मेयरका उम्मेदवार विजय सरावगीले उच्चमनोवलका साथ चुनावको तैयारीमा लाग्न सम्पुर्ण कार्यकर्ताहरुलाइ अनुरोध गर्नुभएको थियो । उहाले मधेस आन्दोलनमा मागं पुरा गराउन मधेसी जनताले तीनदललाइ वाइलटबाट जवाफ दिनु पर्ने आवश्यकता रहेको बताउनु भयो ।कार्यक्रममा युवा तथा महिला परिचालन समिती लगायत चुनाव टोल परिचालन लगायत विभिन्न समितीहरु समेत गठन भएको छन् ।

Back to top