×

वीरगन्ज ४ साउन विगत केही दिनयता बढेको अत्याधिक गर्मीका कारण पर्सा र बाराको जनजीवन कस्टकर बनेको छ । बिहानैदेखि लाग्ने चर्कोका कारण सर्वसाधारणको दैनिकी निकै कस्टपूर्ण हुन थालेको छ । दिनभरिको तातो घामले अत्यधिक गर्मी बढेपछि घर–पसलबाट निस्कनै नसक्ने अवस्था आएको स्थानीयवासी बताउछन् । गर्मीका कारण वीरगन्जको बजारमा मानिसको चहलपहलसमेत कम भएको देखिन्छ । चर्को घामसंगै तातो हावा चल्दा दैनिक जीवन–यापनसमेत प्रभावित भएको छ । एक हप्ताअघिको वर्षा सकिन नपाउदै सुरु भएको अत्यधिक गर्मीले मानिसको चहल–पहलसमेत घटेको स्थानीयवासी बताउछन् । गर्मीका कारण अस्पतालमा पखला, रुघाखोकी तथा ज्वरोका बिरामीका चाप बढ्नाका साथै सर्पदंशको घटनासमेत बढेको स्थानीय स्वास्थ्यकर्मीले जानकारी दिए । सदरमुकाम वीरगन्जस्थित जिल्ला अस्पतालमा गर्मी बढेसंगै दैनिक ४०÷५० जनासम्म बिरामी आउने गरेको अस्पताल प्रशासनले जनाएको छ ।

Back to top