×

वीरगंज, ०२ साउन - सहयोगी युवा कल्ब तथा गण्डक अस्पताल वीरगंजको संयुक्त आयोजनामा आज वीरगंज महानगरपालिका सुगौलीको वडा नं. २६ मा आज बृहत वृक्षारोपण कार्यक्रममा सम्पन्न भएको छ ।

कल्बका अध्यक्ष हरिओम पटेलको अध्यक्षता, पर्साका प्रहरी उपरीक्षक सुदिप गिरिको प्रमुख अतिथित्वमा तथा माओवादी केन्द्रका पोलिटिब्युरो सदस्य हरि मनडल, युवा नेता रह्बर अन्सारी, विद्यार्थी नेता प्रभाकर गुप्ता विशेष अतिथित्वमा उक्त वृक्षारोपण कार्यक्रम सम्पन्न भएको थियो । त्यसैगरि संघिय समाजवादी फोरम नेपाल पर्साका खुर्रम अन्सारी, नेपाली कांग्रेस पर्साका शम्भी मिश्रा, वीरगंज महानगरपालिकाका योजना अधिकृत प्रकास आमत्या, जिल्ला बन कार्यालयका प्रमुख चंद्रेस्वर लाल कर्ण, नेकपा एमालेका प्रतिनिधिको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पर्साका प्रहरी उपरीक्षक सुदिप गिरिले आफु जिल्लामा नयाँ भएकोले सम्पूर्ण पर्सा बासिको साथ् र सहकार्यको अपेक्षा गरेको बताउनु भएको थियो । त्यसैगरि बन अधिकृत चंद्रेस्वर लाल कर्णले आफु द्वारा बन अतिक्रमण तथा विस्थापन रोक्न प्रयास जारि रहेको बताउनु भयो साथै वहाँले ५० हजार हेक्टर जमिनमा आवश्यक जडिबुटी रोपिएको जानकारी दिनु भयो । कार्यक्रमलाइ सम्बोधन गर्दै युवा नेता रह्बर अन्सारीले वृक्षारोपण कार्यक्रमको प्रशंसा गर्दै यस्ता कार्यक्रम हरुले हाम्रो वातावरण सफा र स्वक्ष राखनाका साथ् सहरमा सुन्दरता थपिने बताउनु भयो । अन्सारीले वृक्षारोपण आफ्नो दैनिकीमा पनि काम लाग्ने बताउदै सबैलाइ मिलेर यस्तो कार्यक्रमहरु आयोजना गर्न आग्रह समेत गर्नु भयो ।

कार्यक्रमलाइ अन्त्य गर्दै प्रमुख अतिथि पर्साका प्रहरी उपरीक्षक सुदिप गिरिले वडाका विभिन्न ठाउँहरुमा अशोक, जानुन आदिका बोटहरु रोप्दै कार्यक्रमलाइ समापन गर्नु भएको थियो । कार्यकममा महिला नेतृ दुर्गा क्षेत्री, युवा नेता शिवम् साह लगायतको पनि उपस्तिथि रहेको थियो ।

Back to top