×

वीरगन्ज ३० असोज मधेस र मधेसीको हित, चाहना र मागलाई मर्दन गर्दै २०७२ असोज ३ मा केन्द्रिकृत मानसिक्ताका दलहरुले मधेस आन्दोलनलाई नजरअन्दाज गर्दै काठमाडौंमा जतिखेर संबिधान जारी गरीरहेका थिए, यता वीरगन्जमा पकहाँ मैनपुरका सत्रुधन पटेलले छातिमा गोली खाए । आन्दोलन दबाउनका लागि प्रहरीले चलाएको गोली खाएर मधेस र मधेसीको लागि प्राण आहुति दिएका तिनै सत्रुधन पटेल कि आमा समेत उनको घर परिवारको चाहना बिपरित राष्ट्रिय जनता पार्टीले अहिले बलजफ्ति सालिक अनावरणको कार्यक्रम राखेको छ । पार्टीका एक जना केन्द्रिय अध्यक्ष महन्थ ठाकुरले सहिद सत्रुधन पटेलको सलिकको अनावरण गर्ने कार्यक्रम सो पार्टीले तय गरेपछि सहिद परिवारले आपति जनाएका छन् ।

‘मेरो छोरा मारिए समाजको लागि र मधेसको लागि कसैको राजनीतिको लागि होइन,’सहिद पटेल कि आमाले भनिन्,’ जसरी उनी सहिद भएको बेला सबै पार्टीका मानिसहरु अन्त्येष्टिमा सहभागि भए त्यसरी नै सबैको सहभागितामा सालिकको कार्यक्रम राखिनु पर्ने हो, कुनै पार्टीले आफुखुसी गर्न लागेकामा हाम्रो मन्जुरी छैन्, म त्यसतो कार्यक्रममा जान्न ।’ यसरी राजनीतिक स्वार्थको लागि सहिदको सालिकको साहारा लिएको घट्नाको चौतर्फी निन्दा पनि भएको छ । सहिद परिवारको चित दुखाएर सहिदको सम्मान हुन सक्दैन भन्ने सर्वसधारणको पनि प्रतिक्रिया छ ।

Back to top