विकाश कामका बिराेधी वीरगंज–पथलैया करीडाेरका ब्यपारी

861

Share
  •  
  •  
  •  

वीरगन्ज २९ असारं वीरगंज–पथलैया व्यापारिक मार्ग विस्तार योजनाको कार्य असार मसान्त सम्म करिब ३५ प्रतिशत मात्र सम्पन्न भएको व्यापारिक मार्ग विस्तार योजना कार्यालय पथलैयाले जनाएको छ ।
सडक विस्तार कार्यको मूल्याङ्कनको अधारमा केही ठेकेदार कम्पनीहरूको भुक्तानी पनि भइसकेको व्यापारिक मार्ग विस्तार योजनाका योजना प्रमुख रवीन्द्रलाल दासले बताए । उनका अनुसार ६ वटा ठेकेदार कम्पनीले वीरगंज–परवानीपुर–पथलैया सडकमा ६ वटा प्याकेजमा करिब ५५ करोड मात्र भुपतानी पाएकाे छ ।
परवानीपुर–पथलैयाखण्डको तुलनामा परवानीपुर–ड्राईपोर्टखण्डमा बढी काम भएको छ । परवानीपुर–पथलैया क्षेत्रमा राजमार्ग छेउछाउमा विद्युत्, टेलिफोन पोलले गर्दा काममा ढिलाइ भयो तर परवानीपुर–ड्राइपोर्ट खण्डमा विद्युत् पोल वा अन्य कुनै अवरोध नभएकोले पथलैयाभन्दा ड्राइपोर्ट तिर बढी काम अधुराे रकम पाएकाे हुनाले हुन नसकेकाे बताएका छन ।
बजेटको अभावमा जेठ अन्तिम सातादेखि ठेकेदार कम्पनीहरूले काम ठप्प पारेका थिए । पप्पु कन्सट्रक्सन प्रालिका प्रबन्ध निर्देशक सुदीप रौनियारका अनुसार जेठ मसान्तसम्म करिब रु ५० करोडको काम भइसकेको तर सम्बन्धित कार्यालयले भुक्तानी समयमा नदिंदा काम ठप्प हुन पुगेको थियो ।
कार्यालयले रु ५० करोडको काम सम्पन्न हुँदा २० करोड मात्र भुक्तानी दिएको थियो ।
बर्खा लागेपछि करिब २० दिनदेखि चारैतिरको कार्य ठप्प भएको छ । सबै भुक्तानी लिन व्यस्त थिए । साउन–भदौ सम्म सडक विस्तारको कार्य लगभग ठप्प रहन्छ । बजेटको अभाव र वर्षात्ले गर्दा दुई महिना सडक विस्तार कार्य प्रभावित रहनेछ । २०७५ पुसभित्र ६ लेन सडक विस्तार कार्य सम्पन्न गर्नुपर्ने समय सीमा छ । साढे तीन अर्बको बजेटमा गत साउनदेखि सडक विस्तार कार्य थालिएको थियो ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here