×

बिरगंज २९ असाढ रास्ट्रीय जनता पार्टी नेपाल बिरगंज महानगर कमिटीका अध्यक्ष ओमप्रकाश सरार्फको नेतित्वको टोलिले बिरगंज महानगरपालिकाको कार्यालयमा बिरगंजको बिकासको लागी १६ बुन्दे ध्यानाकर्षण पत्र बुझाएको छ।निर्माणाधीन आधुनिक बस पार्क र फोहोर ब्यवस्थापन केन्द्र यथा सिघ्र निर्माण गर्नु पर्ने,एडिबीको सहयोगमा जारी सडक,नालाको निर्माण कार्यको क्रममा तहसनहस गरिएका ठाउँहरुलाई सिघ्र पुनः निर्माण गर्नु पर्ने,पुरै महानगरलाई ग्रीनसिटी, रुपमा बिकास गर्नु,स्मार्टसिटिमा रुपान्तरण गर्न गुरु योजना तयार गर्नु पर्ने,नयाँ ११ वटा वडाहरुमा बिकासको स्पेसल प्याकेज दिनु पर्ने,महानगरको न्युनतम आधारभूत पुर्वाधार तयार नभए सम्म कर वृद्धि रोक्नु पर्ने,डुबानमा परेका क्षेत्रलाई फास्ट ट्रेकमा निकास दिई पीडितलाई राहत उपलब्ध गराउनु पर्ने, बाकी रहेका नाला सडकको निर्माण प्रक्रिया अगाडि बढाउनु पर्ने,अति गरिब,एवं दलित बस्तिमा निसुल्क सोलारबती जडान गर्नु पर्ने,भ्रस्टाचार एवं अनियमिततालाई नियन्त्रण गर्न पारदर्शिता अपनाउनु पर्ने लगायतका मागहरू प्रति ध्यानाकर्षण गराइएको छ। पत्र बुझ्दै जवाफमा कार्यकारी अधिकृत पिताम्बर अधिकारीले राजपा बिरगंजले महानगर बनाउन अभियान नै थाली सफलता प्राप्त गरेको प्रति आभार व्यक्त गरि बधाई दिदै यी मागहरू महानगरका लागि आधारभुत आवस्यकता भएकोले यसमा गम्भीरताका साथ लाग्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ।बिरगंजलाई सफा र स्वच्छ आधुनिक सहरको रुपमा बिकास गर्न दिनरात मिहिनेत जारी रहेको बताए।नयाँ बसपार्कको कार्य यहीँ डिसेम्बरमा सम्पन्न हुने जानकारी गराएका थिए। टोलिमा राजपाका बिरगंज महानगर उपाध्यक्ष सुरेश साह कानु,सचिव संजय पटेल,कोषाध्यक्ष पनालाल पटेल,नगर सदस्यहरु आकस गुप्ता,नरेस अग्रवाल,युवा नेताहरु ललन सिह, रिजिवी खालिद,कृष्ण गुप्ता,नरेस अग्रवाल,प्रेस मञ्च पर्साका जिल्ला अध्यक्ष बिजय ठाकुर,कालाकार युवराज केसरी लगायतका सहभागीता रहेको थियो।

Back to top