×

वीरगंज २८ असार प्रहरी प्रधान कार्यालयले जातीय विभेद गर्दै मधेसी मुलका दुइ जना प्रहरी उपरीक्षकलाई विनाकारण हेडक्वाटर तानेको छ । जिल्लामा शान्तिसुरक्षा चुस्त राख्दा राख्दै पनि आफु निकटकालाइ पठाउन विना कारण पर्सा र सप्तरीका प्रहरी उपरीक्षकलाई हेडक्वाटर तानिएको छ । पर्सामा प्रहरी उपरीक्षक गोविन्द साह र सप्तरीमा प्रहरी उपरीक्षक अनुराग द्धिवेदिले आफ्नो कार्यकुशलता देखाउँदै जिल्लाको सुरक्षा अवस्था मजबुद बनाएका थिए । गत एक साता देखि जिल्लाबाट बोलाएर हेडक्वाटरमा राखेको र बोलाउनुको कारण समेत नबताउँदा आफुहरुले राजीनामा दिने सोचमा पुगेको प्रहरी उपरीक्षक साहले बताउनुभयो । आफुहरुलाइ बोलाउनुको कारण बारे जानकारी लिन एक साता देखि प्रहरी महानिरिक्षकलाई भेट्न खोजे पनि समय नदिएको र आज अचानक काजमा अरुलाई नै जिल्लामा खटाइएको भन्ने खबर आफुरुले पाए पछि पदमा बसिरहन उचित नभएको भन्दै दुवै जनाले राजीनामा दिने सोचमा पुगेका छौ उपरिक्षक द्धिवेदीले बताउनुभयो । विनाकारण आफुहरुलाई हेडक्वाटर तानेर अपमानित गर्ने सुनियोजित षड्यन्त्र गरेकाले संगठनमा बसिरहन नसक्ने अवस्था आएको उनिहरुले बताएका हुन् । यो घटनाले प्रहरी संगठनमै मधेसी र गैरमधेसी विच ठुलो भेदभाव रहेको देखाएको श्रोतको दावि छ । पर्साका प्रहरी उपरिक्षक साहलाई हेडक्वाटर झिकाइएको घटनाका बारेमा जिल्लाका स्थानिय राजनीतिक दलका प्रतिनिधिहरु पनि चकित बनेका छन् । हेडक्वाटरले साहको ठाउँमा सुदिप गिरी र द्धिवेदीको ठाउँमा मुकेश सिंह लाई खटाएको छ ।

Back to top