×

बीरगञ्ज २७ असार बीरगन्जमा मंगलबारबाट राष्ट्रिय एजुकेशन फेयर तथा शैक्षिक निती बहस कार्यक्रम शुरु भएको छ ।

पदमा ग्रुपबाट सञ्चालित बिजनेश प्लस टेलिभिजनको आयोजन तथा माउन्टेन टिभि तथा भक्तिदर्शन टिभीको सह–आयोजनमा बीरगन्जको जैन धर्मशालामा दुई दिने शैक्षिक मेला तथा शिक्षा बहश कार्यक्रम शुरु भएको हो ।

स्वदेशकै विश्वविद्यालय तथा कलेजहरुलाई प्रोत्साहन तथा उनीहरुको पाठयक्रम लगायतका विषयमा विद्यार्थीहरुलाई जानकारी गराउने उदेश्यले कार्यक्रम आयोजन गरिएको आयोजक संस्थाका कार्यकारी अधिकृत डम्बर शाहुले बताए ।

Back to top