×

वीरगन्ज २७ असार संघीय समाजवादी फोरम पर्साले जन्मसिद्ध नागरिकता लिएको व्यक्तिहरुको उमर पुगेका सन्तानलाइ अबिलम्ब नागरिकता दिन मांग गरेको छ । संघीय समाजवादी फोरम नेपालको पर्सा जिल्ला अध्यक्ष प्रदिप यादवको नेतृत्मा जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेको टालीले प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेको मार्फत गृहमन्त्रीलाइ ज्ञापन पत्र बुझाउदै यस्ता मागं गरेको हो । संघीय समाजवादी फोरमका मधेस पैदेशका कोषाध्यक्ष ,सुन्दर कुर्मि लगायतका नेताहरुको उपस्थितीमा दिएको ज्ञापन पत्रमा नेपालको तराई मधेश क्षेत्रमा बसोवास गर्ने हजारौं मधेशी नागरिकतासंगै नागरिक तथा राजनीतिक अधिकारबाट बञ्चित रहेकोले उनीहरुको मुद्दा देशको एउटा महत्वपुर्ण राजनीतिक बिषय सबै राजनीतिक शक्ति तथा आम नागरिकलाई अवगतैं भएको कुरा उल्लेख गरिएको छ ।

यस पृष्ट भुमिमा २ दशकपछि भइरहेको स्थानीय तहको चुनावमा समेत आफनो अमुल्य मत दिएर प्रतिनिधि चुन्ने नेपालको संविधानले प्रदान गरेको अधिकारबाट धेरै युवाहरु बञ्चित रहेको प्रति गृहमन्त्रीको ध्यानार्षण गराइएको छ । किन कि अहिले जन्मसिद्ध नागरिकका छोराछोरीलाई नागरिकता प्रदान गर्ने काम गृह मन्त्रालय अन्तरगतको जिल्ला प्रसाशन कार्यालयले बन्द राखेको छ ।

नेपालको सविधानको धारा ११ को उपधारा २ को (ख)मा ‘कुनै व्यक्तिको जन्म हुँदाको बखत निजको बाबु वा आमा नेपालको नागरिक रहेछ भने त्यसले नेपालको नागरिकता पाउने छ,’ उल्लेख छ । यसरी संबिधानमा उल्लेखित अधिकार हुँदा हुँदैपनि मतदाता हुने योग्यता पुगेर पनि नेपाली युवाहरु मताधिकारबाट बञ्चित रहेका छन् । प्रदेश २ मा आसन्न त्रितीय चरणको स्थानीय तहको निर्वाचनमा मत हाल्न पाउने गरी त्यसता नागरिकलाई, नागरिकता प्रदान गर्ने काम सुरु गरियोस् र संबिधानप्रदत अधिकारबाट मधेसी युवा बञ्चित हुने अवस्था अबिलम्ब अन्त्य गरि नागरिकता दिन मागं समेत गरिउको ज्ञापन पत्रमा उल्लेख गरिउको छ ।

Back to top