कराेडाे रकम खर्च गरिएको भएपनि वीरगञ्ज र ठोरी राेडकाे प्रभावकारी काम भएन

1650

Share
  •  
  •  
  •  

वीरगन्ज २७  असार  पर्साको ग्रामिण क्षेत्रका सडकहरु मर्मत नगरिएका कारण ग्रामीण भेगका जनताहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । वर्षा याम सुरु भएपछि वीरगञ्जबाट गण्डक नहर हुँदै ग्रामिण भेगमा जाने यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् । सडकमा भएको खाल्डाखुल्डी पुर्न सम्बन्धित निकायले चासो नदिएकाले जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको गाँउलेहरुको गुनासो छ । वर्षेनी सडक मर्मतका लागि लाखौं रकम विनियोजन गरेर खर्च गरिएको भएपनि प्रभावकारी काम नभएको ग्रामिण क्षेत्रका बासिन्दाले बताएका छन् । पर्साको जनकीटोला, सेढवा, सुवर्णपुर, निर्मलवस्ती, ठोरी सम्म पुग्ने सडक खण्डमा जताततै खाल्डाखुल्डी रहेको र वर्षा याममा ती खाल्डा खुल्डीमा पानी जमेर हिलाम्ये भएका कारण सवारी साधन चलाउन अप्ठयारो भएको चालकहरुको भनाइ छ । वर्षायाममा सडकका खाल्डाखुल्डीमा पानी जम्ने हुनाले दुर्घटना हुने जोखिम पनि बढेको चालकहरुले बताएका छन् । निर्मलबस्ती देखि ठोरीसम्मको सडकमा ग्राभेल समेत नगरिएका कारण झनै समस्या भएको स्थानीय बासिन्दाले बताएका छन् । दैनिक आधा दर्जन यात्रुबहाक बस गुड्ने सडक खण्डमा असुरक्षित यात्रा गरिरहँदा पनि सम्बन्धित निकायले मर्मतका लागि चासो नदिएको स्थानीयवासीको आरोप छ । वीरगञ्ज देखि ठोरीसम्मको ६९ किलोमिटर सडक खण्ड मर्मत सम्भारको अभावमा जोखिमपूर्ण बन्दै गएको भन्दै मर्मत सम्भार गर्न स्थानीय बासिन्दाले माग गरेका छन् ।यसैबीच वीरगन्जको नयाँ बसपार्क क्षेत्रमा रहेका खाल्डा खुल्डीमा वर्षाको पानी जमेर हिलो भएका कारण यात्रु र सवारी साधनका चालकहरुलाई सास्ती भएको छ । घाम लागेको बेला धूलो हुने बसपार्क क्षेत्रमा पानी परेपछि हिलो भएर यात्रु र चालकहरुलाई समस्या भएको हो । दिनहुँ सयौं सवारी साधनको आवत जावत हुने बसपार्क क्षेत्र नै हिलाम्ये भएका कारण यात्रुहरुलाई समस्या भएको बर्दिबास जान बसर्पाक पुगेका यात्रु मुकुन्द सुवेदीले गुनासो गर्नु भयो । बसपार्क जीर्ण हुदै गएको र शौचालयको पनि राम्रो सुविधा नभएका कारण यात्रुहरुलाई झनै समस्या भएको स्थानीय पसलेहरुले बताएका छन् । वीरगन्ज महानगरपालिका कार्यालयले बसपार्कमा पार्किङ गरिने हरेक सवारीसाधनबाट दैनिक दस्तुर उठाउदै आएको भएपनि बसपार्कको भौतिक संरचना मर्मत सम्भारमा ध्यान नदिएको बारा टाइगर बस सेवाका संचालक दिनबन्धु प्रसाद जयसवालले गुनासो गर्नुभयो । बसपार्कमा वर्षाको पानी जमेर ताल नै बनेपनि वीरगन्ज महानगरपालिका कार्यालयले पानी निकासका लागि कुनै चासो नदेखाएको चालकहरुले बताएका छन् ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here