×

वीरगन्ज २१ असार श्री सुन्दरमल राम कुमार कन्या उच्च माध्यमिक विधालयका प्राधानध्याक सुरेन्दर कुवंरद्धारा नेपाल पत्रकार महासंघ पर्सा को सभा हलमा विधालयमा भएको विकृतिको बिरुद्ध पत्रकार सम्मेलन गर्नु भएको छ । विधालयमा कक्षा ११, र १२ को पठनपाठन सञ्चालनमा समस्या र शिक्षकको अभावलाई मध्येनजर राख्दै असार १८ गते बाट श्रावण ५ गते सम्मकोलाई विधालय बन्द गर्ने निर्णय भएको लाई २६ जना शिक्षक मध्ये ४ शिक्षक अतुल कुमार श्रीवास्तव,जितेन्दर कुमार साह,प्रेम लताकुमारी,लगायतका शिक्षकहरुले विधालयमा अध्यनरत ससाना विधार्थीहरु लाई उस्काई आन्दोलन गराउने र विधालयका प्रतिष्ठित शिक्षकलाई कालोमुसो दलने जस्ता घृनित कार्यको गरेकोले त्यस्ता शिक्षकहरुलाई कडा कार्वाहीको मांग गर्दै प्राधानध्याक सुरेन्दर कुवंरले भने कार्वाही नहुनेजेल सम्म विधालय नखोलिने पत्रकार सम्मेलन मार्फत धम्की अाज दिएका छन ।

Back to top