×

वीरगंज, असार - २० - युएन हेबिटाट र वीरगंज महानगरपालिकाको संयुक्ता आयोजनामा नगर स्तरिय खानेपानि सरसफाई तथा स्वच्छता समन्वय समितिको सरसफाई सम्बन्धि रणनित कार्यशाल गोष्ठि आज वीरगंजमा सम्पन्न भएको छ ।

वीरगंज महानगरपालिकाका कार्यकारी अधिकृत पिताम्बर अधिकारको अध्यक्षतामा सम्पन्न कार्यशालामा वीरगंज महानगरपालिकाको सरसफाईको हाल र विगतका अवस्था, भविष्यका चुनौतीहरु र आगामी दिनहरुमा सरसफाई सम्बन्धि र खुल्ला दिशा मुक्त बनाउने रणनीति बारेमा छलफल भएको पर्सा जिल्ला युएन हेबिटाटका संयोजक सरोज चौरसियाले जानकारी दिनु भयो । साथै कार्यशालमा रणनीति कार्ययोजना पनि परिमार्जन र संसोधन भएको चौरसियाले बताउनु भयो ।

कार्यशालामा परिमार्जन गरिएको नयाँ रणनित अनुसार आगामी श्रावन २८ गते वीरगंज महानगरपालिकालाइ खुला दिशा मुक्त घोषणा गर्ने र हुन बाकि रहेका ९ वटा वीरगंज महानगरपालिकाका वाड हरुलाई पनि खुला दिशा मुक्त घोषणा गर्ने छलफल भएको थियो । त्यसैगरि वीरगंजका १३५६ वटा घरधुरिमा चर्पी निर्माण गर्ने घोषणा भएको थियो । संयोजक चौरसियाले १३५६ वटा घरधुरि मध्ये पर्सा जिल्लाको उदयपुर घुर्मीमा ५०० भन्दा धेरै चर्पी निर्माण गर्न बाकि रहेको जानकारी दिनु भयो ।

कार्यक्रमलाइ सम्बोधन गर्दै नेसनल मेडिकल कलेजका प्रबन्ध निर्देशक र नेकपा एमालेका नेता बसरुदीन अन्सारीले वीरगंज महानगरपालिकाको वडा नं. १ छपकैया र वडा नं. १८ भवानीपुरमा ५० भन्दा अधिक बिपन्न र दलित घरधुरिमा जग्गको समस्या भएका हुनाले उक्त स्थानहरुमा सामुदायिक चर्पि बनाइ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । अन्सारी अनुसार चर्पी निर्माण सामाजिक निष्ठाले जोडिएको कार्य हुनाले यसलाई राजनीति संग नजोड्न आग्रह गर्नु भएको थियो । त्यसैगरि अन्य वक्ताहरुले पनि वीरगंजमा सरसफाईको अवस्थामा सुधार लयाउने पर्ने र त्यसकालागि सबैले मिलेर कार्य गर्नु पर्ने र साथै नगरलाइ खुला दिशा मुक्त बताउनु सबैको सहकार्य आवश्य रहेको भनेका थिए ।

वीरगंज स्थित मकालु होटेलमा सम्पना उक्त कार्यक्रममा वीरगंज महानगरपालिकाका पदाधिकारीहरु, वाशका पदाधिकारीहरु, राजनीति दलका कार्यकर्ताहरु, समाजसेवी, पत्रकार र सरोकारवालाहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण सुनिल कर्णले गर्नु भएको थियो ।

 

Back to top