×

चिरञ्जीवी यादव वीरगन्ज १८ असार पर्साको विभिन्न स्रोत केन्द्र हरु बर्वा छोटैली,पोखरीया,ठोरीमा शैक्षिक पढाइ उत्सव मेला संचालन भएको छ। सर्ब प्रथम बर्वाछोटैली स्रोत केन्द्रको मेलाको उदघटान पर्सा जिल्ला शिक्षा अधिकारी बरखु रजकले गर्नु भएको थियो । पर्साको बर्वाछटैली स्रोत केन्द्र र जिल्ला शिक्षाकार्यालय पर्साको आयोजनामा प्रारम्भिक कक्षा १ देखि ३ सम का बाल बालिका हरु को लागि पढाइ उत्सव मेला २०७४ आयोजना गरिएको सिरहीसथवाल मा वि का प्र अ भगवात प्रसाद थारुले बताए। कक्षा १,२,३, का विद्यार्थी हरुको लागि पढ्न सीप संग समभलित सन्दर्भ समग्रीहरु, पुस्तक हरु , शैक्षिक सामाग्री , खेल खेलमा मा गर्ने सिकाई समाग्रीहरु,खेलकुद खेलवना , सान्स्कृतिक मनोरञ्जनात्मक , चित्रलेखा ,तथा बाल विकास सङ्ग समलीत सामाग्री हरु,अक्षर बोर्ड लगाएत को समाग्री तथा परामर्श हरु विभिन्न स्टल बाट प्रदर्शन गरिएको थियो । यस कार्यक्रम मा यस स्रोत केन्द्र को ५० वाटा विद्यालय को सहभागिता रहेको,बर्वाछोटैली स्रोत को स्रोत ब्याक्ती प्रमोद तिवारी ले बताए बर्वाछोटैली उच्च मावी का प्र अ रामबहादुर चौधरी को सभापतित्वमा भएको कार्यक्रम मा उक्त बिधालय ब्यवस्थापन समिति को अध्यक्ष अछेलाल यादव ,बर्वा छोटैली स्रोत केन्द्र का पढाइ उत्सव मेलाको संयोजक भगवात प्र थारु,विद्यालय निरीक्षक अशा गौतम , नेपाल शिक्षक महासंघ को अध्यक्ष तिर्थराज यादव, राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम को जिल्ला संयोजक भरत सहनी,शिक्षक अभिभावक विद्यार्थी समाजसेवी पत्रकार लगाएत को सहभागिता रहेको थियो अजै पर्सा को बर्वाछटैली,पोखरिया,ठोरी मा आज मेला लगेको छ। आजको यो कार्यक्रम एकदम राम्रो र सराहनिय तथा उल्लेखनिय कार्य गरेका शिक्षक र बिधार्थिहरुलाइ मायाको चिनो सहित सम्मानित गरेक थिए।

Back to top