राहत हैन, नदिमा बाँध चाहियो : सप्तरी बाढी पिडित

402

Share
  •  
  •  
  •  

सप्तरी, असार १८ – अत्याधिक वर्षाका कारण सप्तरीमा बाढी आएकोले स्थानिय बासिन्दा अन्योलमा परेका छन् । यस वर्ष मात्र नभई हरेक वर्ष वर्षाको कारण सप्तरीमा ठूलो बाढी आउने गरेको छ ।

बाढी आउनुको मुख्य कारण माथि पहाडबाट झरेको पानी अव्यवस्थित भई तल नदीमा झर्नु हो । हरेक वर्ष खांड र मोहाली नदीको बाँध भत्केर ठुलो क्षति सप्तरीमा हुने गरेको छ । यसै गरि हरेक वर्ष सरकारले मुढी चियुरा र केहि पैसा बाँडेर आफ्नो जिम्मेवारी पुरा गर्दै आई रहेको छ । तर सरकारले बाढी आउने र पानी बढ्ने मुख्य कुरा तिर अझ ध्यान दिएको छैन ।

गत वर्ष पहल नेपालले ‘सप्तरीफ्लोड २०१६’ अभियान सुरु गरेर पिडितहरुलाई केहि राहत वितरण गरेका थिए । यस वर्ष पनि राहतसँगसँगै पहल नेपालले ‘हामीलाई राहत भन्दा पनि बाँध चाहिएको छ, सप्तरीफ्लोड २०१७’ अभियान थालेको छ।

पहल नेपालले बारम्बार यस मुद्दालाई उठाएता पनि सरकार मौन रहेको जानकारी सरोज रायले बताए । उनले भने, ‘त्यस बेला बाँधको लागि सम्बन्धित निकायको ध्यान पनि आकर्षण गराएका थियौ र पछि केहि संघ-संस्था अध्ययन गर्न गएका थिए भन्ने जानकारी आयो तर अहिलेसम्म ठोस् बाँधको निर्माण भएको छैन । पहल नेपालले सप्तारी वासीको लागि आ-आफ्नो ठाउँबाट सरकारलाई बाँध बाँध्न दवाब दिन आग्रह समेत गरेका छन् ।

सप्तरी जिल्लाको खाँडो, महुली, जीता, त्रियुगा नदीमा बाँध भत्काएर रूपनी गाउँपालिको पौवाँ पिप्राही, सहित बसबिटी, मलेठ, जगदरी, राजविराज, तिलाठी, लौनिया, सकरपुरा लगायत करीव १५०० घरहरु डुबानमा परेका छन् । घरभित्रको खाद्यान्न, माटोको चुलो, खाना पकाउने भाडा, दाउरा समेत बगाएर लगेको कारण बिचल्ली अवस्था छ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here