×

बारा,१७ असार नेकपा एमालेका केन्द्रिय सदस्य दिनेस राईले बारा जिल्लालाई एमालेले मात्र समृद्ध बनाउन सक्ने दाबि गर्नु भएको छ नेकपा एमाले जितपुर सिमरा १० नम्बर वडा कमिटीले नितनपुरमा आयोजना गरेको जनभेलालाइ सम्बोधन गदै सोकुरा बताउनुभएको हो । कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका राइले एमालेले बृद्धभत्ता र बिकास निर्माणका लागि गांउ गांउमा बजेट पठाउनेकाम गरेको दाबि गदै अरुपार्टीले जनताको हितमा केहि गर्न नसकेको उल्लेख गर्नु भयो ।

कार्यक्रममा बोल्दै प्रदेस कमिटी सदस्य भरत खडकाले अबको निर्वाचनमा एमालेले अत्यधिक बहुमतका साथ जित्ने दाबि गनु भयो ।

त्यसैगरी कार्यक्रममा बोल्दै एमाले बाराका प्रचार बिभाग प्रमुख मनोज पौडेलले सरकारले प्रदेस नम्बर २ को निर्वाचन सारेर जनतालाई घातगरेको दाबिगदै सरकारले स्थानिय तहको अधिकार केन्द्रमा राख्ने षडयन्त्रमा लागेको बताउदै त्यो षडयन्त्र रोक्न सबै लाग्नुपर्ने कुरामा जोड दिनु भयो ।

टैट महत्तोको सभातित्वमा सम्पन्न कार्यक्रममा जिल्ला निर्वाचन कमिटीका सदस्य एवंम वडा अध्यक्षका उम्मेदबार संजय पटेल,छोटेलाल चौधरी लगायतले बोल्नु भएको थियो ।कार्यक्रमको सन्चालन बिजय मल्ल र स्वागत रामझरी मलाहिनले गनु भएको थियो ।

Back to top