गौरबाट  वीरगंजलाई हराभरा र स्मार्ट सिटी बनाउने  – बसरुदिन

1465

Share
  •  
  •  
  •  
 रौतहट १७ असार, मुस्लिम समुदायको महान पर्व ईद उल फित्रको शुभ अवसरमा रौतहटको सदरमुकाम गौरमा ईद मिलन समारोह सम्पन्न भएको छ ।
शहरी विकास मन्त्री प्रभु साहद्धारा आयोजित ईद मिलन समारोहलाई सम्बोधन गर्नु हुदै मन्त्री साहले गौरलाई आधुनिक सिटी बनाउनमा आफुले मन्त्रालय र आफ्नो तर्फबाट विशेष पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ । रौतहट लगायत तराई मधेस शिक्षा, स्वास्थ्य, यातायात लगायत भौतिक पूर्वाधारमा पिछडिएको जिल्ला भएकोले यसलाई चौतर्फी विकास गर्न सबै सम्बन्धित सरोकारवाला, स्थानियबासीहरुले एक जुट भई विकासमा लाग्नु पर्नेमा जोड दिनु भएको थियो ।
सो अवसरमा विशिष्ट अतिथि नेशनल मेडिकल कलेज वीरगंजका एमडि एवं नेकपा एमालेका नेता बसरुदिन अंसारीले वीरगंजलाई हराभरा बनाउनुका साथै स्मार्ट सिटी, शिक्षा, स्वास्थ्य, यातायात लगायतमा आफुहरुले अहोरात्र काम गरिहेको र यस कार्यमा शहरी विकास मन्त्रालयबाट समेत सहयोगको लागि मन्त्री साहलाई ध्यानाकर्षण गराउनु भएको थियो । प्रदेश नं. २ को निर्वाचनको मिति सरकारले सारेको निर्णयले यस प्रदेशको विकासका कामहरु ओझेलमा पर्दै गएको चर्चा गर्दै नेता अंसारीले प्रदेश नं. २ को चुनाव यथासिघ्र गराई संविधान कार्यान्वयन एवं आर्थिक सम्बृद्धि तर्फ लाग्नु पर्नेमा जोड दिनु भएको थियो ।
सो अवसरमा नेकपा माओवादी केन्द्र का निर्वाचन परिचालन समिति का वीरगंज महानगरपालिकाको संयोजक  बाबुराम कैशीक, पुनम यादव, नेकपा एमालेका बसिर हवारी, पप्पु सिंह, फिरोज हवारी र मधेसी पत्रकार समाज पर्साका अध्यक्ष श्रवण प्रसाद साह लगायतले शुभकामना मनतव्य व्यक्त गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here