×

वीगंज, १५ असार आस्था नेपाल नामक सुधार केन्द्रमा दूव्र्यसनको कुलतबाट छुटकारा दिलाउन भनि भर्ना गरिएकोमा सो केन्द्रले आप्mनो छोराको हत्या गरेको भन्दै न्याय दिलाइदिनु हुन मृतकका पिडित बुवाले आज रिपोर्टस क्लव नेपाल पर्साको बिशेष साक्षात्कार कार्यक्रम मार्फत आग्रह गरेका छन् ।

वीरगंजज–१९,(हाल वडा नं.१६) नगवा निवासी रामबाबु प्रसाद कम्करले आप्mनो २१ वर्षीय एकमात्र छोरा दिपु कुमार कम्कर लागु औषधको कुलतमा फसेको भन्दै वीरगंज आस्था नेपाल नामक संस्थाका संस्थापक दीपु बर्माले सम्झाइ बुझाई गरी तीन महिना भित्र कुलतबाट छोरा कम्करलाई कुलतबाट छुटकारा दिलाउने विश्वास दिलाए पछि मात्रै सो अवधि सम्म राख्न दिइएको बताए ।

तर उक्त सुधार केन्द्र भित्र विभिन्न दुःख, यातना दिने गरेको कुरा छोराको मुखबाट गुनासो आए पश्चात म पिडित बुबा आफूले छोरालाई घर फर्काउन भनि जाँदा लान नदिएको कुरा साक्षात्कारमा जानकारी गराए ।

मृतकका बुवा पीडित रामबाबु कम्करका अनुसार गत जेठ १६ गते विहान ७ः३० देखि ८ बजेको समयमा एकाएक सुधार केन्द्रका दीपु वर्माले फोन गरी तपाईंको छोराको अवस्था चिन्ताजनक रहेकोले तुरुन्तै नारायणी अस्पतालमा आउनु भन्ने जानकारी गराएपछि म त्यहाँ पुग्दा छोराको मृत्यु भइसकेको भन्ने कुरा अस्पतालका चिकित्सकले बताए ।

सो कुरा सुन्ना साथ म बुबा कम्करले के कति कारणले मेरो छोरा कम्करको मृत्यु हुन पुगेको हो भनि बुझदा चिकित्सकले तपाईंको छोरालाई अस्पतालमा ल्याउनु भन्दा अगावै नै मृत्यु भइसकेको भनि जानकारी गराए ।

त्यस पश्चात छोराको शरीर हेर्दा शरीरमा ब्लेडले चिरेको तथा शरीरको अन्य भागमा समेत घाउ चोटपटक लागेको र निजको टाउको समेत त्यही दिन मुण्डन गरी नयाँ लुगा लगाएको देखेर म पिडित बुबा आश्चार्य चकित भए ।

उक्त सुधार केन्द्रमा रहेका व्यक्तिहरुको संलग्नतामा मेरो छोरा कम्करको हत्या गरीएको भनि जाँचबुझ गर्दा मेरो छोरालाई संस्थाका संचालकहरु समेतले कर्तव्य गरी मारेको भनि ना.उ.क्षे अस्पतालमा हजारौंको सख्यामा उपस्थित भद्र भलाद्मीका अगाडी उभाएर संस्थाका संस्थापक दीपु वर्मासँग कति बजे मृत्यु भएको हो ?, कति समयमा हस्पिटल ल्याएको ?, कति बजे अभिभावकलाई जानकारी गराएको ?, आज किन मुण्डन गरीएको हो ? भनि प्रश्नहरु सोधपुछ गर्दा चित्त बुझदो जवाफ नदिई शंकास्पद शैलीमा जवाफ दिएको तथा अन्य कर्मचारीलाई बोलाउँदा कोही पनि नआएपछि कर्तव्य गरी मारेको भनि शंका सिर्जना भएपछि त्यहाँ उपस्थित व्यक्तिहरुबाट हातपात हुन सक्ने अवस्था सिर्जना भएपछि वडा प्रहरी कार्यालय विर्ताको जिम्मा लागएका थियौं भनी पिडितका बुबा कम्करले साक्षात्कार कार्यक्रममा भन्नु भयो ।

त्यसपछि अन्तिम संस्कार इत्यादी सकेपछि जेठ २२ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराउन जाँदा प्रहरी नायब उपरीक्षक चक्रराज जोशीसँग सम्पर्क गर्दा जाहेरी दर्ता गर्नुको साटो उल्टै हामीलाई हप्काउँदै म डिएसपीलाई अरु काम छैन ? तपाईंको छोरोको हत्याका अनुसन्धान गरेर बस्ने हो ? भन्दै फिर्ता पठाएका थिए । त्यसपश्चात म पिडित बुबा कम्करले बाध्य भई जिल्ला हुलाक कार्यालय पर्सा मार्फत जाहेरीलाई रजिष्ट्री दर्ता गराउँदा समेत प्रहरी प्रशासनबाट हालसम्म कुनै किसमको छानबिन र अनुसन्धान नगरेर अपराधलाई प्रोत्साहन तथा पीडितलाई झन पीडा हुने काम गरिरहेकाले उच्च स्तरीय छानबिन आयोग गठन गरी वास्तविक अपराधीलाई पत्ता लगाई न्याय दिलाउन पहल गरिदिनुहुन मृतकका पिता पीडित कम्करले सो साक्षात्कार कार्यक्रम मार्फत मानव अधिकारवादी संघ संस्था, समाजसेवी, राजनीतिक दल, बुद्धिजिवी, संचारकर्मी लगमयत भद्रभलादमीहरु स‘ग आग्रह गरेका छन् ।

Back to top