×

वीरगन्ज १४ असार राष्ट्रिय जनता पार्टीले आव्हान गरेको तराई मधेस बन्दका कारण बुधबार विहानै देखि वीरगंज सहित बारा, पर्सा रौतहट लगायत आसपासको जनजीवन प्रभावित भएको छ भने उता संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले बुधबार बिहान मतदान गरेका छन् । उनले मोरङको विराटनगर महानगरपालिकास्थित वडा नं १४ को डिग्री क्याम्पसमा सवा नौ बजे भोट खसालेका हुन् । जिल्लामा माओवादी केन्द्र र संघीय समाजवादी फोरमबीच चुनावी गठबन्धन बनेको छ । संघीय समाजवादीले र माओवादी केन्द्रले जिल्लास्थित विराटनगर महानगर, रतुवामाई नगरपालिका, धनपालथान र कटहरी गाउँपालिकामा चुनावी गठबन्धन बनाएको छ । विराटनगर महानगरमा फोरमबाट मेयरमा पूर्वजिल्ला अध्यक्ष उमेश यादव र माओवादी केन्द्रबाट उपमेयरमा नमिता न्यौपाने पोख्रेले उम्मेदवारी दिएका छन् ।

 

Back to top