×

चिरञ्जीवी यादव वीरगन्ज १० असार पर्साको ग्रामीण नाकाहरुबाट अबैध रूपमा सिमावर्ती नाका हुँदै तस्करी तीब्र गति मा भईरहेको छ । भारतको, रक्सौल,भेलाही,सिकटा,मैनाटार,ईनर्वा,भंगाहा,नरकटियागन्ज,भने बजारहरुबाट भरतीय तस्कर ग्रामीण सिमाबर्ती गाउँ सम्म पुर्याउने गरेका छन र उक्त स्थानबाट तस्करहरु केरिएर मार्फत अलौ,अ्मरपटी,धोरे,ईटियाही,पकाहाँमैनपुर,कटी,सबैठवा,भिष्वा,बन्जारी,बुडगाई,टिहुकी,मिर्जापुर,असवारी,जान्कीटोला,

पाण्डेपुर,पिडारीगुठी,माहदेवपटी, सुबर्णपुर,ठोरी, लगाएतको नाकाबाट अबैध रूपमा सुपारी, रजनीगन्धा तुल्सी गुटका,दाल,चिनी,रिफायन टिनातेल,कपडा, गिटी बालुवा,हाडवेयर, तामा पितलको भडाबरतन, धान,कुखुराको चला, सेतो अण्डा, छड सिमेन्ट लगाएतको समान तस्कर मार्फत पोखरिया, बिन्दवासनी, बहुवार्बा,चान्डाल चौक जगरनाथपुर, बहुवरीपिडरी, महुवन,सेढवा,जानकीटोला,भिखपुर,श्रीपुर पंचगावा, रंगपुर लगाएतको स्थानमा पुगने गरेका छन । सिमा सुरक्षाको लागी खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलोमतोमा तस्करी हुने गरेको स्थानीय बासीले बताएका छन ।

Back to top