×

वीरगन्ज ९ असार वीरगन्ज स्थित पानमण्डी गलिमा रहेको पर्साको स्काउट भवनको आज एक कार्यक्रम बिच शिलालेख स्थापना गरिएको छ । यसै क्रममानेपाल स्काउट पर्साले आज आयोजना गरेको शिलालेख आवरण कार्यक्रममा संस्थापक अध्यक्ष पशुपति रौनियारलाई सम्मान गरेको छ । कार्यक्रममा प्रमुख आयुक्त रविन दाहालले संस्थापक अध्यक्ष रौनियारलाई दोसल्ला ओढाई सम्मान गनर्’ भएको थियो . जय प्रकाश चतुर्वेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रम प्रमुख आयुक्त रविन दाहाल, राष्ट्रिय सामुदायिक विकासका आयुक्त भरत साह कान’, नेपाल स्काउट पर्साका निर्देशक केशव बोहरा, दिव्य लक्ष्मी शाक्य, रामप्रसाद महतो, पृथ्वी झा, दिपेन्द्र रौनियारको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन जिल्ला संयोकज राम प्रसाद महतोले गरनु भएको थियो ।

पर्सा जिल्लामा स्काउटिङ्ग अभियानको शुरुवात गरी जिल्ला स्काउट कार्यालयको जग्गा एंव भवन निर्माण कार्यमा योगदान दिएका जिल्ला स्काउट कार्यालय पर्साका सस्थापक र नारायणी अन्चलका पुर्व ट्रेनिङ्ग कमिश्नर पशुपति रौनियारको योगदानलाई मुल्याकन गरि आज एक कार्यक्रम बिच नेपाल स्काउटका प्रमुख आयुक्त रविन दाहालले रौनियारलाई सम्मान गरेका हुन ।

Back to top