×

रन्जन यादब बारा ८ असार बाराको जीतपुरमा चपाकलमा बिद्युत सप्लाई भई बिहीबार एक दलित मजदुर युवकको करेन्ट लागेर ज्यान गएको छ ।मदरसा ईस्लामियामा जीतपुरमा बिगत तीन महिनादेखि ज्यालादारीमा भवन बनाउने कार्यमा मजदुरी गरिरहेका पर्साको बिरुवा गुठी गाउँपालिका तीन निवासी ३५ बर्षिय जगरनाथ रामको बिहान ११ बजे ज्यान गएको ईलाका प्रहरी कार्यालय जीतपुरका प्रहरी नायब निरिक्षक जय कृष्ण प्रसाद कुर्मीले बताए ।कामले थाकेर तिर्खाएका राम पानीखान चापाकलनिर पुगेका थिए । मदरसगँ बिद्युत मिटर नभएर डाइरेक्ट रुपले तार जडान गरी चापाकलबाट पानी पटाईरहेका मजदुरहरुले चापाकलमा अचानक बिद्युत सप्लाई भई करेन्ट लागेर रामको ज्यान गएको मजदुरहरुले बताएका छन ।चार बच्चाका बुवा रहेका रामको मृत्यु भएको खबर सुनेर श्रीमती मिरा राम रुदा रुदै पटक पटक मुर्छा पर्दै आएकी छिन ।आज काम गर्न उनलाई मनै थिएन तर बैङकको किस्ता रहेकाले ठेक्कदारसँग पैसा लिइएर भोलीदेखि काम गर्न जान्न श्रीमानले भनेको कुरा सुनाउदै श्रीमती मिरा राम रुदै भनिन् । घरमा काम गरेर परिवारको गुजारा गर्ने एकल पालनहाल रहेका रामको मृत्युले परिवार बिचल्ली भएको छ । जिल्ला शिक्षा कार्यालय बारा र जीतपुर सिमरा उपमाहानगरपालिकाको आर्थिक सहयोगमा मदरसा ईस्लामियामा जीतपुरमा दुई कोठे भवन र सौचालय बन्दै आएको छ ।

Back to top