×

बीरगंज ७ असार जिल्ला बन कार्यालय पर्साका मातहतमा रहेको बन जङ्गलका छेउ छाउमा बसोबास गर्ने सुकुम्बासीहरुलाई उच्च मनोबल बढाउँदै सूर्य नेपाल प्रा.लि. सिमराका केही कर्मचारीहरुले आर्थिक प्रलोभनमा पारेर हजारौ - हजार बिगाह बन जङ्गल फडानी गर्न लगाई सुर्य नेपालको सहयोगमा अबैधानिक तरिकाले बन क्षेत्रमा सुर्ती खेती केही बर्ष अगाडी देखी शुरु गर्दै आएका छन ।

उक्त सुर्ति उत्पादन गर्ने कृषकहरुको जग्गाको लाल पुर्जा नै नहेरी सुर्य नेपाल प्रा.लि.का पदाधिकारीहरुले सिधै कृषकसँग कम्पनीको एउटा एग्रिमेण्ट पेपरमा सम्झौता गरेकै भरमा बिना धितो सुर्तीको बिउ, मल, किटनाशक औषधि लगायत सुर्ति छोप्न त्रिपाल सहित खेतमा लगाईएको सुर्ति हेरचाह गर्न जे.टी.ओ. समेत कृषकहरुकै खेतमा नै सुर्य नेपालले पठाउने गरेको समाचार छ ।

हजारौ - हजार बिगाह जङ्गल फडानी गरी उत्पादन गरीएको एक हजार देखी २ हजार टन सुर्ती समेत बर्षौनी सुर्य नेपालले खरीद समेत गरी दिने कार्यले गर्दा आज भोली सुकुम्बासीका साथ साथै हुकुम्बासीहरु पनि आकर्षित हुदै गएका कारण पर्सा, बारा र रौतहटको बन जङ्गलको बिनाश तिब्र गतिले बढेको छ

अर्को तिर सुकुम्बासी महिलाहरुले धमाधम बन जङ्गलको काठ कटानी गर्दै सतिसालको बोक्रो टाँस्दै जङ्गलकै छेउ छाउँमा रहेको खोला - नालामा बगेको फोहर एवं दुर्गन्धित पानीमा उक्त बोक्रा मिसाई खोला किनारको छेउ छाउमै अनाधिकृत रुपमा रक्सी उत्पादन गर्ने कारखाना नै स्थापना गरेर खुल्लेआम रुपमा संचालन गरेको कुरा बन कर्मचारीले बताए ।

सो गैर कानुनी रुपमा संचालनमा रहेको रक्सी कारखानाबाट दिनहुँ हजारौं लिटर उत्पादन गरीएको रक्सीहरु बारा जिल्लाको पथलैया, सिमरा, जितपुर लगायत पर्सा जिल्लाको परवानीपूर, गण्डक, पावर हाउस, मुर्ली चौक, रानीघाट, घण्टाघर, बसपार्क , माईस्थान, जेल रोड, विर्ता, छपकैया, बीरगंज भन्सार एरीया लगायतका स्थानहरुमा बिक्री बितरण गरीदै आएका छन ।

Back to top