×

वीरगन्ज, ७ असार संघीय समाजवादी फोरम नेपालका मधेस प्रदेश कोषाध्यक्ष विजय सरावगीको आयोजनामा वीरगन्ज महानगरपालिकाको मुर्लीमा आज मुस्लिम धर्मावलम्बीहरुका लागि इफतार पाटी सम्पन्न भएको छ । रोजा बसेका मुस्लिम धर्मावलम्बीहरुको लागि फोरम नेपालका नेता सरागवीले इफतार पाटीको आयोजना गर्नु भएको हो । मुर्लीमा आयोजित इफतार पाटीको समन्वय स्थानीय शेख रुस्तम , तुफान अन्सारी , नासीर खान ,सदाम हुसेन र हिरा हुसेनले गर्नु भएको थियो । इफतार पाटीमा मुर्ली र त्यस आसपासका गरि पाच सय भन्दा बढि मुस्लिम धर्मावलम्बीहरुको सहभागीता रहेको थियो । इफतार पार्टीमा फोरम नेपालका मधेस प्रदेश कोषाध्यक्ष सरावगीका साथै जिल्ला अध्यक्ष प्रदीप यादव , समाजवादी युवा फोरमका जिल्ला अध्यक्ष शेख जलसुद्धिन लगायतको उपस्थिती रहेको थियो ।

Back to top