×

वीरगंज ६ असार, वीरगंज कारागार कार्यालय पर्सामा कैदीबन्दिहरुलाई भेटन जाँदा कारागार प्रशासनले सर्वसाधारण माथि अभद्र व्यवहार गरेको भन्दै देशभक्त लोकतान्त्रिक पार्टीले जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र बुझाएको छ ।

भारत मणिपुरका बिगत १० वर्ष देखि लागु औषध मुदामा कैदी जिवन बताउदै आएकी अम्रावती लनगामलाई सन्चो नभएपछि उनका आफन्त वीरगंज अठराहा सुगौली निवासी जलेश्वर साह सोनारले भेटन जाँदा कारगार प्रशासनले अभद्र व्यवहार गरेको भन्दै स्थानिय प्रशासनमा ध्यानकर्षण गराउदै कारवाहिको माग गर्नु भएको छ । देशभक्त लोकतान्त्रिक पार्टीका केन्द्रिय प्रवक्ता समेत रहनु भएका सर्राफले पर्साका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा दत्त पौडललाई ज्ञापनपत्र बुझाउदै कारागारको नियमानुसार भेटघाँट गरिष्टरमा आफ्नो नाम नागरिक्ता नम्बर, औठाको छाप समेत लगाई कैदीसंग घेटघाट गरिरहेको अवस्थामा कारागारका एक हवलदारले अचानक हात समातेर बाहिर निकालेको जनाउनु भएको छ । सो सम्बन्धमा कारागार प्रमुख चक्रपाणी गौतम र सुरक्षा प्रमुख पदम बहादुर थापासंग गुनासो राख्दा उलटै कारागार प्रमुख गौतमले धाक धम्की लगाउदै असभ्य भाषा प्रयोग गरेको ज्ञापनपत्रमा उल्लेख छ ।

सो घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई उचित कार्यवाहिको माग गर्दै आउने दिनमा यस्तो घटना अरु कसैमाथि नहोस भनि सर्राफले सहायक प्रजिअ गौतमसमक्ष आग्रह गर्नु भएको ज्ञापनपत्रमा उल्लेख छ ।

Back to top