×

वीरगन्ज ३ असार स्थानीय तहको निर्वाचनअघि मधेशका मागहरु पुरा गर्नु पर्ने भन्दै काठमाडौंमा चुनाव बहिस्कार सभा सम्पन्न भएको छ । तराई मधेश राष्ट्रिय परिषद्को अगुवाइमा काठमाडौंस्थित माइतीघर मण्डलामा चुनाव बहिस्कार सभा गरेका छन ।

संविधान संशोधन गर्नु पर्ने र स्थानीय निकायको संख्या जनसंख्याको अनुपातमा बनाउन पर्ने माग तमरापले गर्दै आएको छ । स्थानीय निकायको निर्वाचन गरी मधेशीमाथि विभेदकारी संविधान लादन खोजिएको भन्दै विरोध हुँदै आएको छ ।

बहिस्कार सभामा विश्लेषक सीके लाल, डा. ओम गुरुङ, अधिवक्ता दिपेन्द्र झा र उज्वल प्रसाईँलगायतले सम्बोधन गरेका थिए ।

उनीहरुले पनि संविधान संशोधन गरी मात्र निर्वाचन गरिनु पर्ने बताएका थिए । अधिकांश वक्ताहरुले मधेशको अधिकारका लागि आन्दोलन आवश्यक रहेको बताउँदै आन्दोलनलाई निरन्तरता दिन आग्रह गरे ।

यसअघि पनि तमरापले चुनाव बहिस्कार सम्बन्धी कार्यक्रम गर्दै आएको छ ।

Back to top