×

वीरगन्ज ३ असार । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले दुई नम्बर प्रदेशको चुनाव तेस्रो चरणमा असोज २ गते गर्ने सरकारको निर्णयप्रति तीव्र असन्तुष्टि जाहेर गर्दै मधेसलाई घेराबन्दीमा पार्न कांग्रेस र माओवादी केन्द्रले मिलेर षड्यन्त्र गरेको आरोप लगाउनुभएको छ ।

‘राजपाको दिशाहीनताले त्यो योजना सफल बनायो । दुई नम्बर प्रदेशको चुनाव तेस्रो चरणमा असोज २ गते गर्ने सरकारको निर्णयको उद्देश्य मधेसलाई घेराबन्दीमा पार्न कांग्रेस र माओवादी केन्द्रले गरेको षड्यन्त्र हो’, यादवले भन्नुभयो, ‘कांग्रेस र माओवादी दुई नम्बर प्रदेशको निर्वाचन तेस्रो चरणमा होस् भन्ने पहिलेदेखि नै चाहन्थे ।’ अन्य सबै ठाउँमा निर्वाचन सम्पन्न भइसकेपछि २ नं। लाई घेराबन्दी गर्न सजिलो हुने योजना रहेको आरोप उहाँले लगाउनुभयो ।

Back to top