×

वीरगन्ज १ असार संविधान संशोधन बिना सरकारले जबरजस्ति स्थानीय तहको निर्वाचन गर्न लागेको भन्दै त्यसको विरोधमा आन्दोलन थालेको राष्ट्रिय जनता पार्टीले मधेस ,थरुहट र लिम्बुवान क्षेत्रमा आह्वान गरेको चार दिने बन्दको तेश्रो दिन बिहीबार पनि राजपाका कार्यकर्ताहरु बिहानै देखि प्रदर्शनमा उत्रिएका छन् । यसै क्रममा बन्दहडतालका बेला भाडा असुलेर यात्रु ओसारको भन्दै बिहीबार बिहान वीरगन्जमा आन्दोलनकारीहरुले एक जना मोटरसाइकल चालकलाइ निर्घात रुपले कुटपिट गरेका छन् । प्रति व्याक्ति पाँच सय रुपैया भाडा लिएर वीरगन्जबाट सिमरामा मोटरसाइकलमा यात्रु ओसारेको भन्दै आन्दोलनकारीहरुले घण्टाघर चोकमा ती मोटरसाइकल चालकलाइ निर्घात रुपमा कुटपिट कान समातेर उठबस गराएका छन् ।

Back to top