×

वीरगन्ज १ असार संविधान संशोधन बिना सरकारले जबरजस्ति स्थानीय तहको निर्वाचन गर्न लागेको भन्दै त्यसको विरोधमा आन्दोलन थालेको राष्ट्रिय जनता पार्टीले मधेस ,थरुहट र लिम्बुवान क्षेत्रमा आह्वान गरेको चार दिने बन्दको तेश्रो दिन बिहीबार पनि राजपाका कार्यकर्ताहरु बिहानै देखि प्रदर्शनमा उत्रिएका छन् । वीरगन्जको घण्टाघर, पावरहाउस चोक, गण्डक चोक , बाइपासको नगवा , बाराको कलैया , परवानीपुर , जितपुर , फेटा, प्रसौनी लगायतका स्थानमा बिहीबार पनि बिहानै देखि राजपाका कार्यकर्ताहरुले सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । संविधान संशोधन , स्थनीय तहको संख्या थप , मुद्धा फिर्ता लगायत आफुसंग भएका सहमति कार्यान्वयन नगरि सरकारले जबरजस्ति चुनाव गर्न खोजेको भन्दै राष्टिय जनता पार्टीले मंगलबार देखि असार २ गते सम्मका लागि मधेस , थरुहट र लिम्बुवान क्षेत्रमा बन्दको आह्वान गरेको हो । आन्दोलनकारीहरुको प्रदर्शनका कारण वीरगन्जको मेनरोडमा रहेका पसलहरु आज तेश्रो दिन पनि बन्द रहेका छन् । यस्तै वीरगन्जका सामुदायिक तथा निजी विद्यालय र कलेजहरु आज पनि खुलेका छैनन् । वीरगन्जमा राष्ट्रिय जनता पार्टीका कार्यकर्ताहरुले लामो दुरुकिा भाडाका सवारी साधन चल्न दिएका छैनन् । तर मोटरसाइकल , इरिक्सा , रिक्सा र टयाम्पुहरु भने निर्वाध रुपमा चलेका छन् ।

Back to top