×

वीरगन्ज ३१ जेठ राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले असार १४ गतेको निर्वाचन स्थगित नगरिए त्यसले दुर्घटना निम्त्याउने चेतावनी दिएका छन । ‘मुलुकलाई कुन बाटोमा लैजाने त्यो सरकारको हातमा छ । २ गते ‘नोमिनेशन’को कुरा गर्यो भने लड्न तयार हुनुपर्छ । समाधान गर्छु भन्ने हो भने हामी निर्वाचनमा जान पनि तयार छौ ं। सरकारले यही बेलामा बुद्धि पुर्याउन पर्छ’, बुधबार वीरगन्जको घण्टाघर स्थित नेपाल पत्रकार मन्चले आयोजना गरेको पत्रकार सम्बेलनमा महतोले भने, ‘मधेसले अहिले निर्वाचनभन्दा पनि अधिकार खोजेको छ । त्यसको लागि संविधान संशोधन हुनुपर्छ ।’ उनले निर्वाचनको मिति नसारी गरिने वार्ताको औचित्य नहुने समेत बताए । केका लागि वार्ता गर्ने ? अहिले वार्ताको आवश्यकता छ र ? पर्सि ‘नोमिनेशन’ हो अब किन वार्ता गर्ने ? मुठभेडमा जाने हो भने पर्सि ‘नोमिनेशन’ गरे भइहाल्यो । होइन भने समाधान गरेर निर्वाचन गराउन पर्यो । वार्ताको लागि एजेण्डा हुनपर्यो । सरकारसँग के छ एजेण्डा ? त्यसैले पर्सि सरकारले कि ‘नोमिनशन’ गराएर मुलुकलाई द्वन्द्वमा लैजान प¥यो कि द्वन्द्व टार्न आन्दोलनका एजेण्डालाई सम्बोधन गरेर चुनावमा जानुपर्यो । दुईटा उपाय छन, कुन रोज्ने सरकारको कुरा हो ।

Back to top