×

वीरगन्ज ३० जेठ संविधान संशोधन नहुँदै स्थानीय तहको दोस्रो चरणको निर्वाचन गर्न गर्ने तयारीमा सरकार लागेको भन्दै बन्द हडतालको आह्वानसहित आन्दोलनमा उत्रिएको राष्ट्रिय जनता पार्टी (राजपा) ठूला तीन दल भन्दा पनि संघीय समाजवादी फोरम नेपालविरुद्ध बढी आक्रमक बनेको छ। वीरगन्जको घण्टाघर चोकमा राष्ट्रिय जनता पार्टीका महिला नेतृहरुले मङगलबार अपरान्ह फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको पुत्ला पनि जलाएका छन्। मधेसलाइ धोखा दिएर चुनावमा भाग लिएकाले उपेन्द्र यादवलाइ मधेसको गद्धार ठहर गरि उनको पुत्ला जलाइएको राष्ट्रिय जनता पार्टीकी नेतृ रेखा साहले बताउनु भयो।

यसअघि सोमबार पर्साको बहुदरामाई गाँउपालिका वडा नम्बर ६ भौराटारमा पनि राष्ट्रिय जनता पार्टीका नेता कार्यकर्ताले मङगलबार भौराटारमा फोरम नेपालका राष्ट्रिय अध्यक्ष यादवको प्रमुख आतिथ्यतामा हुने भनिएको कार्यक्रमको तयारीका लागि गाडिएका टेन्टका बासहरु उखलेर फयाक्नुका साथै टायर बालेर फोरम नेपाल विरुद्ध नाराबाजी गरेका थिए।

Back to top