×

वीरगन्ज ३० जेठ प्रधानमन्त्री शेरबहादुर देउवाले राजपाले चुनावमा भाग लिने लिखित बाचा गरे प्रदेश नम्बर २ र ५ को चुनाव सार्ने प्रस्ताव राखेका छन् ।सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बसेको प्रमुख दलहरुको बैडकमा प्रधानमन्त्री देउवाले चुनाव सार्ने प्रस्ताव राखेका हुन् । ‘मिति सारेर सम्झौता गर्न सकिन्छ कि भन्दै प्रधानमन्त्रीले चुनाव सार्ने कुरा गर्नुभयो’ बैठकमा सहभागी एक भने ।उनका अनुसार प्रधानमन्त्रीले यदि यसरी चुनाव सार्ने हो भने आयोग नै गठन गरेर स्थानीय तहको संख्या बढाउने विकल्प समेत अघि सारेका छन् । तर, प्रमुख विपक्षी नेकपा एमालेले फेरि चुनाव सार्ने प्रधानमन्त्रीको प्रस्ताव ठाडै अस्वीकार गरेको छ । साथै स्थानीय तहको संख्या बढाउन आयोग गठन गर्ने प्रस्तावको सत्तारुढ गठवन्धनबाटै विरोध भएको छ । चुनाव सार्ने प्रस्तावतर्फ संकेत गर्दै एमाले अध्यक्ष ओलीले सञ्चारकर्मीहरुसँग भने, ‘उहाँहरु -सत्तारुढ दल)ले भन्न भन्न खोज्ने तर, भन्न नसक्ने जस्तो देखियो । सार्न खोजेको हो कि नगर्न खोको हो म प्रष्ट भइनँ ।’ ओलीले अब असार १४ मै चुनाव हुनु पर्ने बताए । उनले भने, ‘पटक पटक सारिएको छ । बैशाख ३१ मै एक चरणमा हुनुपर्थ्यो । जेठ ३१ मा सारियो । फेरि केही दिनलाई सारियो । यो चुनाव सकेर प्रदेश र संघको चुनाव गर्नुछ । तर, समयको चापप्रति सरकार गम्भीर देखिएको छैन ।’ एमालेले स्थानीय चुनाव अघि संविधान संशोधन र स्थानीय तहको संख्या बृद्धि दुबै असम्भव भएको बताएको छ । चुनावपछि भने संशोधनबारे छलफल गर्न सकिने एमाले अध्यक्ष ओलीले बताए । ‘२ गते नोमिनेसन छ । एक गते, मसान्तका दिन संशोधन सम्भव छैन । स्थानीय तहको संख्या पनि थप्न सकिादैन’ उनले भनेका छन् । माओवादी नेता वर्षमान पुनले भोलि ४ बजे राजपासँग संयुक्त बैठक बोलाइएको बताए । सरकार र प्रधानमन्त्री असार १४ मा चुनाव गर्न प्रतिवद्ध रहेको भन्दै उनले भने, लिखित प्रतिवद्धता आयो वा सहमति भयो भने निर्णय लिने भन्ने भएको छ ।’ राजपाले उठाएका संविधा संशोधन चुनाव अघि सम्भव नभएको भन्दै उनले प्राविधिक केही समस्या भए त्यसबारे सोच्ने बताए ।

Back to top