×

वीरगंज, २८ जेठ राष्ट्रिय जनता पार्टीले दोस्रो चरणको चुनावलार्इ असर पर्ने गरि आम हड्तालसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

आज दिउँसो सरकार र राजपाका नेताहरुबीच भएको वार्ता निश्कर्ष बिहीन भएपछि राजपाले आन्दोलनको घोषणा गरेको हो ।

विजुलीबजारमा बसेको राजपाको बैठकले दोस्रो चरणको ४ दिन अघिबाट आन्दोलनको घोषणा गरेको हो । राजपाले असार १० गतेदेखि आम हड्ताल गर्ने निर्णय गरेको छ । उसले जेठ २९ गते सदरमुकाम लगायतका स्थानहरूमा मलास जुलुस प्रदर्शन गर्दै अान्दोलनको सुरूवात गर्ने जनाएको छ ।

राजपाले संविधान संशोधन नगरि गरिने चुनावको कुनै अर्थ नहुने भन्दै त्यस्तो निर्वाचनको अाैचित्य नभएकाे बताएको थियो । तर सत्तारुढ दल अहिले संशोधनका लागि तयार छैनन् । किनकी प्रमुख विपक्षी एमाले संशोधनको पूर्ण विरोधमा रहेको छ ।

प्रधानमन्त्री भएपछिको संसदमा पहिलो सम्बोधनमा गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावपछि संविधान संशोधन गर्न सकिने बताएका थिए । त्यसपछि दुर्इ दिन सरकारले राजपालार्इ सहमतिमा ल्याउने प्रयास गरेपनि त्यो सफल हुन सकेन ।

राजपाले असार १४ को निर्वाचन सार्न प्रस्ताव गरेपनि सत्ता गठवन्धनले त्यसलार्इ मानेका छैनन् ।

यस्तो छ राजपाको आन्दोलन कार्यक्रम

– जेठ २९ गते जिल्ला सदरमुकाममा मसाल जुलुस गर्ने ।

– जेठ ३०, ३१ र असार १ र २ गते थरुहट, मधेस र लिम्बुवान बन्द गर्ने ।

-जेठ ३० र ३१ गते गाउँपालिका, नगरपालिकाहरुमा चुनावको विरोधमा माइकिङ गर्ने ।

-असार १ गते विभिन्न चोक र चौराहामा खबरदारी सभाका साथै शहीदहरुको तस्वीरमा माल्यार्पण गर्ने ।

-असार २ गते गाउँपालिका नगरपालिकाहरुमा निर्वाचन केन्द्रको कार्यालयमा तालाबन्दी गर्ने र लाठी जुलुस निकाल्ने ।

-असार ३ र ४ गते शहीदहरुको तस्वीर प्रदर्शन गर्ने ।

-असार ५ गते जिल्ला सदरमुकाममा लाठी जुलुस प्रदर्शन गर्ने ।

-असार ६ गतेदेखि १४ गतेसम्म निर्वाचनसम्बन्धी कार्याक्रमहरुमा अवरोध पुर्‍याउने ।

-असार ८ गते जिल्ला सदरमुकामहरुमा मोटरसाइकल र्‍याली निकाल्ने ।

-असार १० गतेदेखि अनिश्चितकालीन आम हडताल गर्ने ।

 

Back to top