×

वीरगन्ज, २८ जेठ संघिय समाजबादी फोरम नेपालका केन्द्रिय उपाध्यक्ष लालबाबु राउत गदिले मधेसमा चुनावि माहोल बनि सकेकाले अब कुनै पनि बहानामा निर्वाचन सार्न नहुने बताउनु भएको छ ।

फोरम नेपाल पर्साले आज वीरगंजको होटल कुमु प्यालेसमा आयोजना गरेको पार्टि प्रवेस तथा पत्रकार सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले स्थानिय निकाय लामो समय देखि जनप्रतिनिधि विहिन रहेको अवस्थामा अब पनि बहानाबाजि गरेर चुनाव हुन नदिने षड्यन्त्र गर्नु उचित नभएको भन्दै स्थानिय सरकार चलाउन चुनाव हुनु अपरिहार्य रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांगे्रस पर्सा क्षेत्र नम्वर ५ का क्षेत्रिय प्रतिनिधि एवं साविकको जानकीटोला गाविसका पुर्व अध्यक्ष कृष्ण मोहन यादव र अन्य दलका नेता कार्यकर्ताहरु पार्टि परित्याग गरि फोरम नेपालमा प्रवेस गरेका थिए ।

नव प्रवेसिहरुलाई फोरम नेपालका केन्द्रिय उपाध्यक्ष गदी , जिल्ला अध्यक्ष प्रदिप यादव, मधेस प्रदेश कोषाध्यक्ष विजय सरावगी , केन्द्रिय सदस्य करिमा बेगम लगायतले फुलमाला लगाएर पार्टि प्रवेश गराउनु भएको थियो । कार्यक्रमको सहजिकरण फोरम नेपालका मधेश प्रदेश सचिव सलाउदिन अहमदले गर्नु भएको थियो ।

Back to top