×

वीरगञ्ज २६ जेठ वीरगञ्ज महानगरपालिकाका नगवा स्थित माइधीया पोखरी छेउमा रोकिएको बसमा शुक्रबार दिउँसो आगलागी भएको छ । माइधिया पोखरीको छेउमा रोकेर राखिएको ना ४ ख ६८०४ नम्बरको रामलखन ट्राभल्स बसमा दिउसो साढे दुइ बजे अचानक लागेको आगोले जलेर बस क्षतिग्रस्त भएको छ।

विर्ताका दिपकमान श्रेष्ठको बसमा लागेको आगो वीरगन्ज महानगरपालिका कार्यालयको वारुण यन्त्रको सहयोगमा स्थानीयवासी , नेपाल प्रहरी र सशस्त्र प्रहरीले निभाए पनि बस जलेर क्षतिग्रस्त भएको बसका सन्चालक दिपकमान श्रेष्ठले बताउनुभयो।

क्यु नपाएर पोखरीको छेउमा चार दिन देखि रोकेर राखिएको बसमा आगो लाग्नुको कारण अहिले सम्म खुल्न नसकेको र यस बारेमा अनुसन्धान भइरहेको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक चक्रराज जोशीले बताउनुभयो।

बसको भित्री भाग पुर्ण रुपमा जलेर नष्ठ भएको छ । बसको इन्सुरेन्स रहेकोले आगलागीबाट भएको १५ लाखजतीको छती लिनुपर्ने श्रेष्ठले दावि गरेको जिल्ला प्रहरी कार्यालय पर्सा प्रहरी नायक उपरिक्षक चक्रराज जोशीले बताएका छन ।

Back to top