×

बिरगंज २६ जेठ राष्ट्रीय जनता पार्टी नेपालले स्थानीय निर्वाचनमा अवरोध एवं बहिस्कार गर्न वडा वडामा आन्दोलन परिचालन कमिटी गठन कार्यलाई तिब्रता दिएको छ। आज बिरगंज महानगरपालिका वडा न.६ र २४ मा आन्दोलन परिचालन कमिटी गठन गरिएको छ। भेलालाई सम्बोधन गर्दै पार्टीका रास्ट्रीय उपाध्यक्ष सुरेन्द्र कुर्मिले भन्नू भयो कि मधेसीको रगतले लतपतिएको संविधान बिना संसोधनको लागु हुन दिन्नौ,यो संविधानमा रहेका त्रुटिहरु सच्याउनलाई यति ठुलो आन्दोलन भयो,आन्दोलन संसोधनको लागी भएको थियो निर्वाचनको लागि होईन।यथा स्थितिमा घोषणा गरिएको चुनावले मधेसीलाई दोहरो मर्कामा पार्ने षड्यन्त्र रचिएकोले प्रतिकार गर्नु पर्नेमा जोड दिए। नगर अध्यक्ष ओमप्रकाश सरार्फको सभापतित्वमा वडा न.६ मा भएको भेलाले युवा नेता कृष्ण गुप्ताको संयोजकत्वमा ३५ सदस्यीय कमिटी गठन गरिएको छ,कमिटीको सह-संयोजकहरुमा संकर खडका,सुकुल पटेल,सचिवमा सफल खड्का,कोषाध्यक्षमा रानी देवि,सह-सचीवमा अनवर सेख,सदस्यहरुमा मुनि खातुन,साबिर सेख लगायत रहेका छन्,

त्यसै गरि वडा न.२४ मा नगर अध्यक्ष बिजय पटेलको सभापतित्वमा भएको भेलाले अम्बिका राउत कुर्मीको संयोजकत्वमा ७१ सदस्यीय आन्दोलन परिचालन कमिटी गरिएको छ।कमिटीको सह-संयोजकहरुमा शिव शंकर दुबेदी,चन्देश्वर कुशवाहा,पुरन राउत कुर्मी,नबि हसन देवान,रेनु पाण्डे,सचीवहरुमा दिलिप साह,राजकुमार सरार्फ,कोषाध्यक्षमा मितराम प्रसाद,सदस्यहरुमा बिजेन्द्र यादव,सियाराम यादव लगायत रहेका छन्।

कमिटीहरुलाई ब्रीफिङ गर्दै नगर अध्यक्ष ओमप्रकाश सरार्फले यो निर्वाचनको बिरुद्धमा टोल टोलबाट आन्दोलनको बिगुल फुक्न सबै युनिट २४ औ घन्टा तयार रहनु पर्ने बताए।भेलामा जिल्लाका नेता प्रदिप सिह ठकुरी,नगर उपाध्यक्ष सुरेस साह, कोषाध्यक्ष पन्नालाल पटेल,सचीव संजय पटेल लगायतका उपस्थिति रहेको थियो
Back to top