×

वीरगन्ज २५ जेठ राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) लाई स्थानीय तहको दोश्रो चरणको निर्वाचनमा सहभागी हुने बाटो खुलेको छ।

स्थानीय तह निर्वाचन ऐन संशोधनसँगै राजपालाई निर्वाचनमा सहभागी हुन सहज भएको हो। स्थानीय तह निर्वाचन ऐनले मनोनय पत्र दर्ताको १५ दिन अघि आयोगमा दलको तर्फबाट औपचारिक पत्र दिने व्यक्तिको हस्ताक्षरको नमुना आयोगमा बुझाउनुपर्ने व्यवस्था गरेको थियो।

जसका कारण राजपालाई मनोनय दर्तामा समस्या परेको थियो। निर्वाचनमा सहभागी हुनका लागि आयोगले कानुनी अफ्ठेरो रहेको बताउँदै आएको थियो।

ऐनमा पहिला रहेको व्यवस्था

जस अनुसार असार १४ गते हुने निर्वाचनका लागि असार २ गते मनोनयन दर्ता गर्नुपर्ने गरी निर्वाचन आयोगले कार्यतालिकाय तयार गरेको थियो। ऐनको व्यवस्था अनुसार त्यस्तो हस्ताक्षरको नमुना राजपाले गत जेठ १९ गते शुक्रबार सम्म बुझाइ सक्नुपर्थ्यो। पहिलो चरणको निर्वाचनमा सहभागि भएको राजपाले हस्ताक्षरको नमुना बुझाएको थिएन।

संशोधन गरिएको व्यवस्था

तर ऐनमा आज भएको संशोधनले 'मनोनयन पत्र दाखिला गर्ने अन्तिम मिति अगावै' भन्ने व्यवस्था गरेको हो। अर्थात् २ गते मनोनयन गर्नका लागि अब त्यसको ठीक अघिसम्म त्यस्तो आधिकारिक हस्ताक्षरवाला व्यक्ति तोके पुग्ने व्यवस्था गरेको हो।स्थानीय तह निर्वाचन ऐनको पहिलो संशोधन संसदमा बहुमतले पारित भएको हो।

Back to top