×

बीरगंज २४ जेष्ठ पत्रकारलाई दूब्र्यबहार गर्नेलाई अबिलम्ब कारवाही नगरिएमा आमरणमा अनशनमा बस्ने कुरा आज नेपाल पत्रकार महासंघको टोलीले पर्साका प्रमुख जिल्ला अधिकारी केशव राज घिमिरे समक्ष बताएका छन । नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराको नेतृत्वमा गएको टोलीले अस्ती महासंघका उपाध्याक्ष अनुप तिवारी माथि भएको आक्रमणको बिरोध गर्दै दोषीलाई अबिलम्ब पक्राउ गरि कानून कारवाही नगरिएमा आमरण अनशन जस्ता आन्दोलनको कार्यक्रम संचालन गर्न पत्रकार महासंघ बाध्य हुने कुरा बताएका थिए । जबाफमा प्रजिअ घिमिरेले कोही मानिस कानून भन्दा माथि हुनै नसक्ने धारणा राख्नुहुँदै दोषीलाई पक्राउ गरि कारवाही चलाउन कुनै कसर बाँकी नराख्ने धारणा राख्नुभएको थियो । उहाँले पत्रकार महासंघले निर्धारण गरेको समय सीमालाई केही पुनरावलोकन गर्न आग्रह समेत गर्नुभएको थियो । उक्त टोलीमा महासंघका उपाध्याक्षहरु अनुप तिवारी, मायाँ मितु न्यौपाने, सचिब युवराज खड्का, सहसचिब आर के पटेल, सदस्यहरु संजीब मिश्र, सफल खतिवडा, प्रणय कुमार, मनोज कुमार पटेल, महासंघका पुर्ब अध्यक्ष दिपेन्द्र चौहान, पुर्ब उपाध्याक्ष तथा पार्षद ध्रुब साह, केन्द्रीय पार्षदहरु लालबाबु शेख, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य तथा मधेश बिभाग प्रमुख बिजय कुशवाहा, प्रेस मञ्च नेपालका अध्यक्ष सन्तोष पटेल, प्रेस चौतारी नेपालका नेता बृजलाल पासवान, प्रेस युनियनका अध्यक्ष रामनारायण कुर्मी, मेची महाकाली मिडिया सोसाइटी अध्यक्ष जितेन्द्र साह, उदय दास, बिजय भण्डारी, एस के चौरसिया, अजय चौरसिया, किरण राज पाण्डे, शंकर पटेलm सुभाष राम, श्रवण कुमार साह, महासंघका पदाधीकारी तथा कार्य समितीका अन्य सदस्यहरु, पार्षद, प्रादेशीक सभासदहरु लगायतको सहभागिता रहेको थियो भने सो अवसरमा पर्साका सहायक प्रजिअ दुर्गादत्त पौडेल, राष्ट्रिय अनुसन्धानका प्रमुख टिका पोखरेलको पनि सहभागित रहेको थियो ।

Back to top