×

वीरगन्ज २४ जेष्ठ वीरगंजमा सञ्चालित मझौला शहर तथा एकीकृत वातावरणीय शहरी आयोजनाले निर्माण गरिरहेको भूमिगत नालाको निर्माण पूरा हुन अभैm दुई साता लाग्ने कालिका कन्स्ट्रक्सनका व्यवस्थापक ठाकुर ढकालले बताएका छन् ।

उनले वर्षायाममा पानी जम्ने समस्या निराकरणको लागि कन्स्ट्रक्सनले दु्रतगतिमा काम सञ्चालन गरेको र मौसमले साथ दिएको खण्डमा अभैm दुई साता लाग्ने बताए । उनले आदर्शनगर क्षेत्रमा ३५ मिटर र पावरहाउस क्षेत्रमा ३० मिटरको हाराहारीमा नाला निर्माणको काम बाँकी रहेको र सो पूरा गर्न १५ दिन समय लाग्ने बताए ।

यथास्थितिमा मौसमले साथ दिएमा १५ दिनभित्र नालाको काम पूरा हुने र पानी बहाव रोकिएको कारण डुबान क्ष्Fेत्रहरू सोबाट मुक्त हुने उनले बताए । अहिले नाला निर्माणको कार्य भइरहेकोले सामान्य पानीमा पनि वीरगंजको थुप्रै क्षेत्रहरू डुबानमा परिरहेको छ । आज बिहानदेखि परेको सामान्य पानीमा वीरगंजको आदर्शनगर, कन्या स्कूल, रामटोल, पानीटङ्की, जिल्ला प्रशासन कार्यालय क्षेत्रलगायत ठाउँ डुबानमा परेको थियो ।

यसैबीच एडिबी र नेपाल सरकारले कालिका कन्स्ट्रक्सनलाई रु १० करोड भुक्तान गरेको छ । आगामी असार मसान्तसम्म रु ३९ करोड रकम विनियोजन गरेकोमा किस्ताबापत रु १० करोड भुक्तान गरेको व्यवस्थापक ढकालले बताए । उनले एडिबी, नेपाल सरकार र वीउमनपा गरी तीनै तहबाट करिब २५ करोडभन्दा बढी भुक्तानी लिन अभैm बाँकी रहेको बताएका छन् ।

भुक्तानी अभावमा वैशाखदेखि वीरगंजमा सञ्चालित आयोजनाको काम सुस्त गतिमा चलिरहेको थियो । एक भाग भुक्तानी भएपछि कामले तीव्रता लिएको छ ।

Back to top