×

बारा, २४ जेठ प्रेस चौतारी नेपाल बाराले पर्साका पत्रकार अनुप तिवारीमाथी भएको आक्रमणको घटनाका दोषीलाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गरेको छ ।

चौतारी बाराले मंगलवार एक विज्ञप्ती जारी गर्दै नेपाल पत्रकार महासंघ पर्सा शाखाका उपाध्यक्ष एव्म प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष पत्रकार तिवारीमाथी भएको घटनाको भत्र्सना गर्दै आक्रमण गर्ने ब्यक्तिको पहिचान गरी कारवाही गर्न माग गरेको हो ।

चौतारी बाराका अध्यक्ष दिवाकर भण्डारीले विज्ञप्ती जारी गर्दै नागरिकको सुसूचित हुने अधिकार रक्षाका लागि सक्रिय पत्रकारमाथी समाचार लेखेको निहुमा भएको यस्तो अपराधीक घटना निकै निन्दनिय र दुःखद् रहेको बताएका छन् । अध्यक्ष भण्डारीद्धारा जारी विज्ञप्तीमा भनिएको छ ‘ सञ्चारकर्मीमाथीको यो आक्रमण अन्यन्त दुःखद् रहेको छ । नागरिकको सुसूचित हुने अधिकार रक्षाका लागि सक्रिय पत्रकारमाथी भएको यस्तो अपराधिक र निन्दनिय आक्रमणको प्रेस चौतारी नेपाल बारा शाखा घोर भत्र्सना गर्दै पत्रकार तिवारमाथी आक्रमण गर्ने ब्यक्तिहरुको पहिचान गरी तत्काल कानुनी कारवाही गर्न माग गर्दछ ।’
Back to top