पुर्व अध्यक्ष कुशवाहा र काँग्रेसका साह सहित ३८ जना संघीय समाजवादी फोरम नेपालमा

3754

Share
  •  
  •  
  •  

वीरगन्ज, २२ जेठ  तत्कालीन तराइ मधेस सदभावना पार्टी पर्साका पुर्व अध्यक्ष प्रेम चन्द्र कुशवाहा र नेपाली काँग्रेसका नेता राजेश्वर साह तेली सहित ३८ जना पार्टी परित्याग गरि संघीय समाजवादी फोरम नेपालमा प्रवेश गर्ने घोषणा गरेका छन् ।वीरगन्जको गोपाल मण्डलीमा आज संयुक्त बैठक बसेर उनिहरुले आज देखि पार्टी परित्याग गरेको र छिटटै फोरम नेपालमा प्रवेश गर्ने घोषणा गरेका हुन् ।
फोरम नेपालमा प्रवेश गर्ने घोषणा गर्नेहरुमा पुर्व शिक्षा मन्त्री रामचन्द्र कुशवाहाका भाइ प्रेम चन्द्र कुशवाहा र काँग्रेस नेता राजेश्वर साह तेली संगै नेकपा एमालेका प्रमोद कुशवाहा , बिरुवागुठीका पुर्व अध्यक्ष चन्द्रिका साह कानु , बैरीयाविर्ताका पुर्वउपाध्यक्ष जादोलाल साह , नेपाली काँग्रेसका पौहारी यदव , तराइ मधेस सदभावना पार्टीका जिल्ला सदस्यहरु खुर्सद शेख , शम्भु प्रसाद साह , नगरदाहाका पुर्व अध्यक्ष एंव काँग्रेस नेता ताराचन साह तेली , हरिन्द्र सहनी , छोटेलाल यादव , रामलाल साह तेली , लक्ष्मण सर्राफ, अच्छेलाल यादव , अम्बिका ठाकुर , धर्मराज मेहता, बैजनाथ साह , हरिन्द्र राउत , जगमोहन साह लगायतका रहेका छन् ।
बैठकमा फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादव ,नेता शीवजी सोनी , समाजवादी युवा फोरम नेपालका केन्द्रिय सदस्य शशील साह कानु लगायतको उपस्थिती रहेको थियो ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here