नेकपा एमाले गाबिस ईकाई अध्यक्ष कुशवाहा सहित ५१ जना राजपा नेपालमा प्रवेश

1224

Share
  •  
  •  
  •  

वीरगन्ज २१ जेठ नेकपा एमाले भौराटार गाबिस ईकाई समितीका अध्यक्ष मनोज कुशवाहा सहित ५१ जना एमाले नेता कार्यकर्ता आज राजपा नेपालमा प्रवेश गर्नुभएको छ । राजपा नेपाल भौराटार ईकाई समितीका अध्यक्ष रामआज्ञा मण्डलको अध्यक्षतामा आयोजित सो पार्टी प्रवेश कार्यक्रममा पार्टीका केन्द्रिय उपाध्यक्ष सुरेन्द्रप्रसाद कुर्मीले अविर टीका लगाई कुशवाहा सहितका नेताकार्यकर्ताहरुलाई पार्टी प्रवेश गरानुभएको थियो । कार्यक्रममा पार्टीका महासचिव शिव पटेल, केन्द्रिय सदस्य विपिन यादव, रमेश गुप्ता, अजय साह, क्षेत्रिय अध्यक्ष जटाशंकर गुप्ता, जिल्ला सदस्य ध्रुव कलवार लगायत नेताहरुको उपस्थिती रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव शिव पटेलले संबिधान संशोधन गरी राजपा नेपाललाई पनि निर्वाचनमा सहभागि हुने बातावरण बनाउन आग्रह गर्नुभएको थियो । पटेलले आन्दोलनको क्रममा मधेसी मोर्चा संग भएका सम्झौताहरु ईमन्दारिका साथ कार्यन्वयन गर्न आग्रह गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण क्षेत्रिय सचिव संजय क्ुशवाहाले गर्नुभएको थियो ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here