×

बिरगंज २० जेष्ठ संविधान संसोधन बिना तय गरिएको स्थानीय तहको निर्वाचनको बिरोधमा जारी आन्दोलनको केन्द्रिय निति अनुसार राष्ट्रीय जनता पार्टीको प्रत्येक वाडामा आन्दोलन परिचालन कमिटी गठन गर्ने क्रममा बिरगंज महानगरपालिका अन्तर्गतको वडाहरुमा गठन प्रक्रिया तीब्र बनाइएको छ । आजै बिरगंज वडा न।१० ९घडिअर्वामा ० असोक साह कानु संयोजकत्वमा ५१ सदस्यीय आन्दोलन परिचालन कमिटी गठन गरिएको छ। कमिटीको सह संयोजक द्वयमा किशोरी कलवार,सुरेश कुशवाहा,सचीवमा जोगिन्द्र प्रसाद कलवार,सदस्यहरुमा मालती कुशवाहा,रोहित कुमार,शिव जि प्रसाद लगायत रहेका छन् । त्यसै गरि वडा न।१४ पिप्रामा बिनेस पटेलको संयोजकत्वमा ३१ सदस्यीय आन्दोलन परिचालन कमिटी गठन गरिएको छ । जसको सह(संयोजकमा बिस्नु पटेल ,कोषाध्यक्षमा नजिर आलम,सचिवमा नजिर अन्सारी,सह(कोषाध्यक्ष अनुज पटेल,सदस्यहरुमा बृजकिसोर तिवारी,महबुब एलाहि अन्सारी,मोहिचन कुर्मी,रन्जित पटेल लगायत रहेका छन् ।

कमिटी गठन कै क्रममा वडा न २७ उदयपुरमा मिस्रीराम भटको संयोजकत्वमा २५ सदस्यीय आन्दोलन परिचालन कमिटी गठन गरिएको छ।कमिटीको सह(संयोजकमा श्री नारायण महतो,सचीवमा सुसिल यादव,कोषाध्यक्षमा कौसल यादव सह(कोषाध्यक्षमा तारा सिह,सदस्यहरुमा ध्रुप साह,आशिष् मेहता,रमेश राय लगायत रहेका छन् ।

भेलाहरुमा राजपा नेपालका बिरगंज नगर अध्यक्ष ओमप्रकाश सरार्फ,उपाध्यक्षहरु अनवर हुसेन,हृदय नारायण सरार्फ,दिपक साह कानु,कोषाध्यक्ष पनालाल पटेल लगायतको बिशेश उपस्थिति रहेको थियो।नव गठित कमिटीहरुलाई सम्बोधन गर्दै नगर अध्यक्ष सरार्फले ू संविधान संसोधन लगायत राजपा सहितका संघीय गठबन्धनले राखेको मागहरू सम्बोधन नभए सम्म आफ्नो टोल,वार्डमा कुनै पनि निर्वाचनको कार्यक्रमलाई बहिस्कार गर्न एवं शान्तिपुर्ण तरिकाले बिरोध गर्न निर्देशन दिएका छन्।संसोधन एवं जन संख्याको आधारमा स्थानीय तहको निर्धारण बिना निर्वाचन भएमा मधेस फेरि पनि अधिकार र बिकासबाट संस्थागत रुपमा बिभेदमा पर्ने भएकोले यो निर्वाचनलाई बहिष्कार गर्न अभियान नै चलाउन सबै कमिटीलाई आह्वान गरेको छ । जेष्ठ २४ गते भित्र महानगरका सबै वडाहरुमा आन्दोलन परिचालन कमिटी गठन गरिने लक्ष्य रहेको अध्यक्ष सरार्फले बताए ।

Back to top